यौन धन्दा चलाएको भन्दै होटल संगमका सञ्चालक पक्राउ,मानव बेचबिखन तथा ओसार पसार कसुरमा मुद्वा दर्ता

एसपि गौरव    प्रकाशित: २०८०-६-१२ गते   ५६५ पटक हेरिएको

महोतरीको  सम्सी गाउँपालिका ६ स्थित सम्सी बजारमा रहेको संगम होटल एण्ड गेष्ट हाउसका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सम्सी गाउँपालिका ६ स्थित सम्सी बजारमा रहेको संगम होटल एण्ड गेष्ट हाउसमा महिलाहरूलाई यौन धन्दामा लगाइएको पाइएको भन्दै प्रहरीले टोहल सञ्चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।
उनका अनुसार सम्सी गाउँपालिका ६ स्थित सम्सी बजारमा रहेको संगम होटल एण्ड गेष्ट हाउसमा छापामारी गर्दा महिलाहरुलाई यौन धन्दामा लगाएको भन्दै प्रहरीले होटल सञ्चालक औरही नगरपालिका ६ का संजिव कुमार झा,भारत सितामढीका हरिद्वार यादव र गुलाब धुनियालाई पक्राउ गरेको हो ।उनीहरुहरु विरुद्ध मानव बेचबिखन तथा ओसार पसार कसुरमा मुद्वा दर्ता गरिएको र यौन धन्धामा लगाइएका युवतीहरुलाई उद्दार गरी अभिभावकको जिम्मा लगाइएको महोतरी प्रहरीले जनाएको छ ।
सो होटलमा अन्य विभिन्न जिल्लाका युवतीहरूले कल गर्लका रूपमा काम गर्ने गरेको प्रहरीको दाबी छ ।लामो समयदेखि यौन व्यवसाय सञ्चालन गरेर सामाजिक विकृत फैलाएको भन्दै स्थानीयले विरोध गरेपछि प्रहरीले होटल,लज र रेस्टुरेन्टहरुमा छापा मार्न थालेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech