Close This

सर्लाही प्रशासनको आग्रहलाई वेवासथा गर्दै क्रसर उद्योग पुनः संचालनमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-७-१४ गते   ३७० पटक हेरिएको

जिल्लाका क्रसर उद्योगीहरुले जिल्ला  प्रशासन कार्यालयले दिएको निर्देशनलाई अटेर गर्दै क्रसर उद्योगहरु पुनःसञ्चालन सुरु गरेका छन । प्रशासनले जिल्लाभर संचालनमा रहेका सबै क्रसर उद्योगलाई तत्कालै बन्द गराउन निर्देशन दिएको थियो।
राजमार्ग, खोलानदी, वन जंगल, विद्यालय,धार्मिक स्थल र बस्तीको नजिक रहेका नियम विपरित संचालन भएका क्रसर उद्योगहरुलाई बन्द गराउन निर्देशन दिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो। “जिल्लाका धेरै स्थानमा मापदण्ड विपरित क्रसर उद्योग सञ्चालन हुँदै आएको स्थानीयबाट गुनासो आएको र अनुगमनको क्रममा मापदण्ड विपरित रहेको पाइएका कारण जिल्लामा रहेका १६ वटा क्रसर उद्योगहरुलाई बन्द गरिएकोप्रजिअ पौडेलले बताउनु भयो ।”
घरेलु तथा साना उद्योगमा दर्ता भएका १६ वटा क्रसर उद्योगहरु मध्य हाल ८ वटा क्रसर उद्योगहरु सञ्चालीत छन ।ति क्रसर उद्योगहरु मापदण्ड नपुगेका र नविकरण नगरी सञ्चालन गरेका कारण बन्द गराउनु परेको प्रजिअ पौडेलले बताउनु भयो । तर बागमती, हरिपुर, लालबन्दी, फुलजोर, ईश्वरपुर, बसवरिया लगायतका स्थानमा रहेको क्रसर उद्योगहरुले अहिले प्रशासनको आग्रह अनुरोधलाई वेवास्था गरि पुनः  संचालन सुरु गरेका छन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको मापदण्ड–२०७७ अनुसार बस्ती, मुख्य सडक राजमार्ग, विद्यालय, स्वास्थ्य संस्था क्षेत्र, ठूला नदी, पुल, धार्मिक स्थल, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान र वन क्षेत्रको ५०० मिटरदेखि २ किलोमिटर भित्र नदीजन्य पदार्थ उत्खनन र संकलन गर्ने गराउने कुनै पनि कार्य गर्न नपाइने उल्लेख गरिएको छ । सोही अनुसार जिल्लामा मापदण्ड विपरित वन जंगल, नदी किनार गाँउ बस्ती विद्यालय नजिक समेत क्रसर संचालन गरेको पाइयो, त्यसैले क्रसर उद्योग संचालकलाई बोलाएर उद्योगको कागजात लिएर वैधानिकताबारे पुष्टी गर्न र पुष्टि नहुदा सम्म क्रसर सञ्चालन नगर्न आग्र्रह गरिएको  प्रजिअ पौडेलले बताउनु भयो ।
वातावरणीय प्रभाव मुल्याकन विपरीत धेरै क्रसर उद्योग सडक वनजंगल खोलानदी गाँउबस्ती नजिक रहेकाले वातावरण तथा विपद् व्यवस्थापन मापदण्डका अनुसार उद्योग बन्द गर्न निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो। ‘ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७७ विपरित सञ्चालन भएका जिल्लाका धेरै क्रसर उद्योग बन्द गर्न निर्देशन दिईसको छ, बन्द नभएको भने कतैबाट अहिलेसम्म जानकारी नआएको प्रउ राठौरले बताउनुभयो । 
‘जिल्लामा मापदण्ड नपुगेका र प्रमाणित नभएका क्रसर उद्योगलाई गत वर्ष नै स्थानीय प्रशासनले स्थलगत अनुगमन गरी बन्द गर्न निर्देशन दिएको थियो। जिल्लामा मापदण्ड पुरा नगरेका धरै क्रसर उद्योग अहिले पनि नवीकरण विनानै संचालन भइरहेका छन । जेसिभी र स्काइभेटर प्रयोग गरी बालुवा ढुङ्गा निकाल्दा बागमती, लखन्देही ,झिम, फुलजोर,कालीन्जोर,चापिनी लगायतका नदी गहिरिँदा पुर्व पश्चीम लोकमार्गका पुल संकटमा पर्न थालेका छन्।
अव्यवस्थित उत्खननले खोला तथा चुरे संरक्षणमा समेत चुनौती थपिएको स्थानीय रमेश अधिकारीकोे भनाई छ।यसरी जथाभावी प्रारम्भिक वातावरणीय मूल्यांकन समेत नगरी क्रसर संचालन गर्दा जलवायु परिवर्तन र जैविक विविधता माथि नै असर पर्न थालेको जानकारहरुले बताएका छन ।
 ‘स्थानीय सरकार सञ्चालन ऐनको स्वीकृत कार्यविधिअनुसार नदीजन्य पदार्थ उत्खनन संकलन तथा ठेक्का लगाउने अधिकार अहिले स्थानीय तहलाई दिइएको छ, स्थानीय निकायले प्राप्त गरेको अधिकार प्रयोग गरी त्यहाँबाट प्राप्त हुने राजस्वको प्रदेशले ६० र स्थानीय सरकारले ४० प्रतिशत बाँड्ने प्रावधान छ, उत्खननका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्नुपर्ने ऐनमा व्यवस्था भएकोले हामीले अवस्था हेरेर नदीजन्य पदार्थ उत्खनन गरेका छौँ। क्रसर उद्योगी तथा पुर्व मन्त्री शम्भुलाल श्रेष्ठले बताउनु भयो ।
जिल्लामा संचालन भइरहेका धेरै क्रसर उद्योग राजनीतिक दलका नेताका आडमा संचालन भएका छन दलिय आडमा संचालन भएका त्यस्ता क्रसर उद्योगका संचालकहरुमा पुर्वमन्त्री देखि नगरपालिकाका प्रमुख वडाध्यक्ष समेत रहेका पाइएको छ । जनप्रतिनिधि कै प्रत्यक्ष लगानीमा संचालित त्यस्ता क्रसर उद्योग माथि स्थानीय प्रशासनले अहिलेसम्म खासै हस्तक्षेप गर्न सकेको छैन। प्रशासनको दवाबमा केही महिना क्रसर उद्योग बन्द भएपनि पछि विस्तारै संचालनमा आउने गरेका छन्। । यस अघिका सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले मापदण्ड नपुगेको भनेर जिल्लाका क्रसर उद्योगहरु बन्द गराउनु भएकोथियो तर महिनादिन पनि नपुग्दै क्रसर उद्योग पुनः सञ्चालनमा आएका थिए ।
जिल्लामा क्रसर उद्योग बढेसँगै नदी र विभिन्न खोलामा लुकिछिपी नदीजन्य सामग्री उत्खनन गर्ने क्रम बढेको छ। क्रसर व्यवसायीले ठेक्का सम्झौता विपरीत नदी तथा खोला मै गहिरो खाल्डो खनेर बालुवा गिट्टि उत्खनन गर्ने गरेका कारण नदीले धार परिवर्तन गर्ने र बस्ती जोखिममा पर्ने त्रास बढेको छ ।
अहिले पुनः मापदण्ड विपरीत ती उद्योगहरु संचालन भइरहेका छन । ईश्वरपुर नगरपलिकाको फुलजोडमा संचालन भएको क्रसर उद्योगमा पूर्वमन्त्री तथा काँग्रेसका केन्द्रिय सदस्य शम्भुलाल श्रेष्ठको लागानी रहेको छ। त्यसैगरी बसवरियामा संचालित क्रसर उद्धोगमा काँग्रेसबाट निर्वाचीत प्रदेश सभासद बिरेन्द्र सिंहको लगानी रहेको स्रोतले बताएको छ ।
त्यसैगरी बागमती नगरपालिकामा संचालित क्रसर उद्योगमा नगरप्रमुख भरतकुमार थापाको समेत अप्रत्यक्ष लगानी रहेको स्रोतको दावी छ। त्यसैगरी बागमतीमा नै रहेको अर्काे क्रसर उद्योेग सोही नगरपालिकाका वडाअध्यक्ष दुर्गा लामाको लागानीमा चलेको छ। त्यसैगरी हरिपुरमा संचालन भएको क्रसर उद्योगमा नेपाली काँग्रेसका महासिमिति सदस्य चन्द्रिका साहको लगानीमा रहेको छ।
लालबन्दीमा संचालन भएको क्रसरमा लालबन्दी नगरपालिका १७ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारीको लागानी रहेको छ। जिल्लामा क्रसर उद्योग बढेसँगै नदी र विभिन्न खोलामा लुकिछिपी नदीजन्य सामग्री उत्खनन गर्ने क्रम बढेको छ। क्रसर व्यवसायीले ठेक्का सम्झौता विपरीत नदी तथा खोला मै गहिरो खाल्डो खनेर बालुवा गिट्टि उत्खनन गर्ने गरेका कारण नदीले धार परिवर्तन गर्ने गरेको छ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech