“जनप्रतिनिधि निर्वाचित भएको सय दिन पुरा भइसकेको छ । सय दिन वित्दै गर्दा बागमती नगरपालिकाले जनतामा आश जगाउने कार्य गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको विकासको मोडल तयार पार्ने तथा पाँच बर्षसम्ममा बागमती नगरपालिका कस्तो हुनेछ भन्ने खाका तयार भएको नगर प्रमुख भरतकुमार थापाले बताउनु भयो । बागमती नगरपालिकाको हालको अवस्था र समग्र विषयमा कमलामाई मिडियाप्रा.लिद्धारासञ्चालीत कमलामाई खबरका लागि गरिएको संक्षिप्त कुराकानी”
१) बागमती नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित भएपछि तपाईको दिनचार्य कसरी वित्दै छ ?
म राजनितिज्ञ व्यक्तिनै भएकाले स्वभावलै पहिले पनि सामाजिक काममानै दिनचार्य वित्ने गथ्र्यो त्यसपछि २०७४ सालको स्थानिय निकायको पहिलो निर्वाचनमा पनि म यसै नगरपालिकाका जनताले माया र विश्वास गरेर नगर प्रमुख निर्वाचित भएको थिएँ । जब पहिलोपटक नगर प्रमुख निर्वाचित भएँ तबबाट राज्यले दिने सेवा सुविधा नलिई जनताको साथमा निरन्तर रहेँ । त्यहिबेला देखि नगरपालिका भित्र कसरी काम गर्दा स्थानियलाई बेरोजगार मुक्त गर्न सकिन्छ । नगरबासीलाई खुसी पार्न सकिन्छ । नगरबासीका मागहरु के के हुन ? नगर भित्र आन्तरीक आय स्रोतको सम्भावना के छ ? भन्ने विषयमा अध्यायन गरियो । जस अनुसार भौतिक पुर्वाधार विकास साथै नगर भित्रको शिक्षा,स्वास्थ्य,खानेपानी र विद्युती लगायतका विषयमा पहिलो प्राथमिकताका साथ काम गरियो ।
स्थानिय निकायको २०७९ को निर्वाचनमा पनि बागमती नगरपालिकाको पुन नगर प्रमुखमा निर्वाचित भएपछि पनि पहिला बनाइएको योजनाहरु जो पुराहुन बाँकी रहेका थिए। तीनै योजनाहरुलाई निरन्तरता दिनेकाम गरि रहेको छु । जसमा १२१ विघाको बागमती माछा पोखरी,सय विघाको फनपार्क निर्माणको काम चलि रहेको छ । सुकुम्वासी व्यावस्थापनको काम चलि रहेको छ । यतै व्यस्त छु ।
पहिलो पटक निर्वाचित हुँदा भन्दा अहिले विशेष गरि केहि जिम्मेवारी थपिएको र केही अनुभवहरु पनि थपिएको महशुस गरेको छु । बागमतीको विकासको अवस्था नगरपालिकाको प्रशासनिक चुस्त दुरुस्तको अवस्था सँगै बागमतीलाई आत्मानिर्भर नगरपालिका बनाउने योजनामा नै काम हुदै छ । बागमतीका जनताको अपेक्षा कस्तो छ भन्ने विषयमा जनताको घरदैलोमा गएर बुझ्ने काम निरन्तर चलि रहेको छ । जनतासँगै जोडिएर काम गर्दै दिनचर्य अगाडी बढाइरहेको छु । जो जनताको चाहना हो ।
२) बागमती नगरपालिकाको नगर प्रमुख पदमा दोस्रो पटक निर्वाचित भएको सय दिन बढी भइसक्यो । जनतालाई आश जगाउने के के कामको सुरुवाती भएको ?
धन्यवाद एस.पी.गौरब जी यो महत्वपुर्ण प्रश्नका लागि । विशेषत नगरप्रमुख निर्वाचित भएसँगै कार्यालय भित्रबाट सेवाग्राहीलाई दिइने सेवा चुस्त दुरुस्त र छिटो दिने गरि काम पहिला देखिकै चलेको थियो । पहिलो कार्यकालमा जनप्रतिनिधिभन्दा कर्मचारी हावी हुने अवस्थालाई न्युनिकरण गरियो । जनतालाई हाताहाती तत्काल सेवा दिनुपर्नेमा जनतालाई विभिन्न वाहनामा घुमाइरहने प्रवृत्तिको अन्त्य हामीले पहिलै गरि सकेका थियौँ । अब करिब १ हजार २ सय जनालाई रोजगारी दिन सक्ने बागमती माछा पोखरीको काम चलि रहेको छ । नगर वगैँचाको काम करिब सकिएको छ । फन पार्क निर्माणको काम चलि रहेको छ । शिक्षा स्वास्थ्य र बेरोजगारीको समस्या समाधान गर्न ५ वर्षे नगर कार्ययोजना बनाइ सकिएको छ । बागमतीमा विशेष गरि सुकुम्वासीहरुको व्यावस्थापन चुनौतीको विषय थियो । तरपनि हामीले पहिलो कार्यकाल मै करिब ७ हजार ५ सय घरसुकुम्वासी भुमिहिनहरुको व्यावस्थापन गरि सकेका छौँ ।
नगर भित्रका सरकारी कर्माचारीहरुका साथै जनप्रतिनिधिहरुका छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने व्यावस्था गरिएको छ । नगरका धेरै जसो विद्यालयहरुमा प्राविधिक शिक्षा,कम्प्युटर ल्याव,बालमैत्री पठनपाठनका साथै भौतिक पुर्वाधारहरुका काम भएका छन् । जो तपाईले नगरका कुनै पनि विद्यालयमा गएर हेर्न सक्नु हुनेछ ।
स्वास्थ्य संस्थाहरुको स्तरोउननती गरि सकिएको छ । दक्ष जनशक्ति मार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भईरहेको छ । साथै यो सय दिनमा विशेष गरि नगरपालिकाले पाँच बर्षमा के के गर्न सकिन्छ भनेर अध्ययन गरि योजना बनाउने र केहि अधुरा अपुरा कामको सुरुवात गर्ने काम भएको छ ।
३) अबको पाँच बर्षमा बागमती नगरपालिकालाई कस्तो बनाउने योजना बनाउदै हुनुहुन्छ ?
बागमती नगरपालिका भित्र रहेका बेरोजगार युवाहरुलाई यहि रोजगारी दिन पाँच बर्षभित्रमा उद्योगहरु सञ्चालनमा ल्याउने,बागमती माछा पोखरी निर्माण सम्पनन गर्ने,फनपार्क निर्माण सम्पनन गर्ने योजना छ । यस्तै यहाँ अन्नभण्डारको रुपमा यहि क्षेत्र परिचित छ त्यसैले यहाँ कृषिमा आत्मानिर्भर बनाउने तर्फ लाग्छौ र व्यवसायीक कृषिमा लाग्न किसानलाई उत्प्रेरित गराउने नगरपालिकाले योजना बनाएको छ । विशेष गरि पाँच बर्षमा खेतीयोग्य जमिन र बसोबास योग्य क्षेत्रलाई छुट्याउदै व्यवस्थित भुउपयोग निति अवलम्बन गरेर बागमती नगरपालिकाको कुन क्षेत्रमा कुन खेती गर्न सकिन्छ भन्ने विषयमा पनि अध्यायन भई रहेको छ । अबको एक दुई दिनमा त्यो काम सकिन्छ ।
त्यस्तै नदी नियन्त्रण खेल मैदान पार्क लगायतका पुर्वधारका कामहरु पनि गर्नु पर्नेछ भने चुरे क्षेत्रमा सडक,विजुली र खानेपानीको काम अलिअलि बाँकी छ त्यो सकाउने योजना छ । धार्मिक तथा पर्यटकिय क्षेत्रलाई संरक्षण गर्दै चुरे पहाडमा गौतम वुद्धको मुर्तीबनाउने,बागमती माछा पोखरीको छेउमाविशाल शिवपार्वतीको मुर्ती सहित मिनी नेपालको योजना बनाएका छौँ। जोपुरा गर्नेछौ । पुर्वधारमा विशेष गरि बागमती नगरपालिका भित्रका सडकहरुको काम अघिलो कार्यकाल मै करिब सकिएको छ । बाँकी रहेको केही स्थानहरुको सडकको काम योपाँच वर्षमा पुरा हुने छ । नगर भित्रका सबै सडकहरुलाई कबालोपत्रे बनाई धुलो मुक्त नगर बनाउने योजना छ ।
४) बागमती नगरपालिका भित्र ऐलानी जमिन धेरै छ,जहाँ भुमिहिन सुकुम्वासीहरुलाई व्यावस्थापन गरिएको छ ,त्यसको लालपुर्जा दिलाउँने विषयमा ध्यान कति पुगेको छ ?
अत्यन्तै समय सान्दर्भीक प्रश्नको लागि तपाईलाई धन्यवाद, बागमती नगरपालिका भित्र ऐलानी जमिन धेरै छ । जहाँ सुकुम्वासी तथा भुमिहिनहरुलाई व्यावस्थापन गरिएको छ । उनिहरुलाई जमिनको मालिक बनाउने विषयलाई हामीले गंभिर रुपमा लिएका छौँ । यस क्षेत्रमा लामो समयदेखि भुमिहिन सुकुम्वासीहरु बसोबास गरिरहेका छन् । तर उनिहरुले अहिलेसम्म पनि लालपुर्जा पाएका छैनन् ।हामीले केही दिन पहिला पनि यो विषयमा भुमि आयोगसंग छलफल गरि रहेका छौँ । यस विषयमा अहिले आयोगले लालपुर्जाको लागि तयारी थालि सकेको छ । हामी चाँडै नै उनिहरुलाई भुमिहिन र सुकुम्वासीबाट मुक्त गराई लालपुर्जा वितरणको काम सुरु गछौँ । त्यस्तै सुकुम्वासी बस्तीहरुमा विद्यालय तथा स्वास्थ्य संस्था,खानेपानी,विजुली र सडक पुर्वाधारको काम पनि चलि रहेको छ ।
५) बागमती नगरपालिकाले खेलकुद क्षेत्रलाई कसरी लिएको छ ?
स्थानिय स्तरमा खेलकुदलाई विकास गर्दैलै जाने भनेर हामीले २०५३ सालमा बागमती युवा क्लब गठन गरेका थियौँ । सो क्लब मार्फत क्लब र नगरपालिकाको सहयोगमा मधेश प्रदेश स्तरीय राजर्षि जनक कप फुटबल प्रतियोगीता २०७३ सालबाट मधेश प्रदेशमै पहिलो पटक सुरु गरीनिरन्तर गरि रहेका छौँ । नगरपालिकाको सहयोगमा क्बलले स्पोर्ट एकेडेमी सञ्चालन गरिरहेको छ भने क्बलले देशका विभिन्न स्थानमा भएका फुटबल प्रतियोगीताहरुमा सहभागीता जनाई बागमती नगरपालिका र क्बलको नाम चम्काउन सफल भएकोछ । अहिले हामीले लेडिज र जेन्सको फरक फरक स्पोर्ट एकेडेमी सञ्चालन गरिरहेका छौँ । हामीसंग स्पोर्ट एकेडेमीमा लेडिज र जेन्सगरेरकरिब ५० जना खेलाडीहरु रहेका छन् । भने मधेश प्रदेश कै उत्कृष्ट खेल मैदान क्बलको आफ्नै छ । क्लबका ४÷५ जना खेलाडीहरु विभिन्न उमेर समुहबाट राष्ट्रिय टिममा छनोट समेत भईसकेका छन् ।
६) बागमतीमा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरी पछिल्लो समय निकै आलोचनात्मक रुपमा चर्चामा छ ,त्यसलाई के भन्न हुन्छ ?
बागमतीको विकास देख्न नसक्नेहरुको छटपटि हो भन्छु । यदी कोही कसैले गरेको आलोचनात्मक चर्चा जस्तै अनियमितता र वेरुजु छ भने छानविन होस ।वास्तविकता केहो ?त्यो पत्ता लागोस । दोषीलाई कार्बाही होस ।
७) तपाईका योजनाहरु सफल बनाउने विषयमा अरु जनप्रतिनिधिहरु र कर्माचारीहरुको सहयोग कतिको छ ?
मेरा योजनाहरु होेइनन्। बागमती नगरबासीका योजना,चाहना र आवश्यकताहरु हुन ।मैले व्यक्तिगत स्वार्थ राखे भने पो कर्माचारी साथीहरु र जनप्रतिनिधिहरुको विरोध हुन्छ । नगरका साझा योजनाहरु,नगरबासीहरुका आवश्यकताहरुमा कुनै जनप्रतिनिधिहरु र कर्माचारीहरुको असहयोग छैन ।सबैको चाहना एउटै छ । बागमती नगरपालिकालाई देशकै एक नमुना र चर्चा गर्न लायक नगरपालिका बनाउने योजना छ त्यस कारण सबैको साथ सहयोग छ। नगरबासीहरुको माया र विश्वास छ । हाम्रो नगरपालिकाको कार्यपालिका बैठकमा नै नगरबासीका साझा धारण,माग र आवश्यकताका विषयमा छलफल हुन्छ । सबै जनप्रतिनिधिहरुको चाहना बागमती नगरपालिकालाई कसरी देश कै नमुना नगरपालिका बनाउन सकिन्छ । भन्ने छ। भने हाम जनप्रतिनिधिहरुका साझा धारणाहरु कर्माचारी साथीहरुले बुझि सक्नु भएको छ । सोही अनुसार काम हुने गरेको छ ।
८) अघिल्लो कार्यकालमा बागमती नगरपालिका देशभरका नगरपालिकाहरु मध्य उत्कृष्ट पाँचौँमा परेको थियो । त्यो कसरी सम्भव भयो ?
किन सम्भव भएन सबै जनप्रतिनिधि साथीहरुको चाहना बागमती नगरपालिकालाई देश कै उत्कृष्ट नगरपालिका बनाउने थियो । सोही अनुसार निस्वार्थ भावले काम गरियो ।हाम्रो कमलाई कर्माचारी साथीहरुले पनि साथमा साथ र हातमा हात मिलाउनु भयो । नगरबासीका मागलाई आवश्यकता र औचित्यका आधारमा क्रमागत रुपमा सम्बोधन गरियो। जसकारण सम्भव भयो ।
९)तपाईहरुले काम गरि रहँदा प्रतिपक्ष दलहरुको प्रतिक्रिया कस्तो रह्यो?
उहाँहरुले प्रतिपक्षको भुमिका निर्वाह गर्नुभयो । तथापी पनि असहयोग भने भएन । अहिले पनिएक जना नेपाली कांग्रेसबाट र एकजना नेकपा(एमाले)बाट वडा अध्यक्ष निर्वाचित हुनु भएको छ । निर्वाचनको समयमा फरक फरक पार्टीबाट उम्मेदवार भएपनि हामी सबैको चाहना बागमतीलाई समृद्ध बागमती बनाउने हो । त्यसकारण उहाँहरुको सन्तोषजनक प्रतिक्रिया रहेकोे कुरा कमलामाई खबरमार्फतमार्फत जानकारी गरादछु ।
१०) मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि तपाई उम्मेदवार सिफारिस हुनु भएको हो ?
हो,सर्लाही क्षेत्र नम्बर ३ का नेता कार्यकर्ताहरुले विश्वासगर्नु भयो । यस क्षेत्रका जनताले चाहनु भयो र उम्मेदवार सिफारिस भएँ । बागमतीमा गरेको कामको जनताले मुल्यांकन गर्नेछन् र म सर्लाही क्षेत्र नम्बर ३ वटा प्रतिनिधि सभा सदस्य निर्वाचित हुन्छु ।मलाई यहाँका जनताले विश्वास गर्ने छन् ।
११)अन्त्यमा मैले सोध्न छुटाएको र तपाईले भन्नै पर्ने केहि छ ?
बागमती नगरपालिकाका विकासका कुरा राख्ने अवसर दिनु भएको कमलामाई मिडिया प्रा.लिद्धारा सञ्चालीत कमलामाई खबरलाई र तपाईलाई धन्यवाद,बागमती नगरपालिकालाई आत्मानिर्भर,बेरोजगारमुक्त्त नगरपालिका बनाउनु पर्ने छ, बागमती नगरपालिकालाई विकासका हिसावले देशको उत्कृष्ठ नगरपालिका बनाउनु पर्ने छ त्यसका लागि हामी जनप्रतिनिधिहरु लागेका छौँ भने कर्माचारीहरुको साथ छ साथै नगरबासीहरुको माया र विश्वास छ ।