Close This

लालबन्दी १४ का छात्रछात्राहरु,जेष्ठ नागरिक, अशक्त,एकल महिलाहरु तथा बृद्धाबृद्धाहरुलाई न्यानो ज्याकेट

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-११-७ गते   २६५ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १४ मा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले न्यानो ज्याकेट वितरण गरेको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र  शिवशक्ति धाम पगला बाबा आश्रमको संयुक्त आयोजना भएको कार्यक्रममा लालबन्दी नगरपालिका १४ डाइनीका चार विद्यालयमा अध्यायनरत विद्यार्थीहरु,जेष्ठ नागरिक, अशक्त,एकल महिलाहरु तथा बृद्धाबृद्धाहरुलाई न्यानो ज्याकेट वितरण गरेको लालबन्दी नरगपालिकाकी उप प्रमुख शान्ती लामाले जानकारी दिनु भयो । 


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लाहीका जिल्लाका अध्यक्ष रेवती पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लालबन्दी १४ डाइनीका चार प्राथमिक विद्यालयमा अध्यनरत ८० जना छात्रछात्राहरु,जेष्ठ नागरिक, अशक्त,एकल महिलाहरु तथा बृद्धाबृद्धाहरुलाई न्यानो ज्याकेट वितरण गरिएको हो ।  
सर्लाहीको कर्णली भनेर चिनिएको लालबन्दी नगरपालिका १४ डाइनीका न्युन आयस्तर भएका नागरिकलाई राहत पुगोस भनेर नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पहलमा सो कार्य गरिएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सर्लाहीका सचिव कमल बुढाथोकीले बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले विभिन्न समयमा समाजमा रहेका न्युन आयस्तर भएका,जेष्ठ नागरिक, अशक्त,एकल महिलाहरु तथा बृद्धाबृद्धाहरुलाई विभिन्न सहयोग गर्दै आएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech