२०५६ सालदेखि कक्षा ११ र १२ मा फेल भएका विद्यार्थीलाई मौका

348 Shares

राष्ट्रिय परीक्षा बोर्डले २०५६ सालदेखि ०७७ सालसम्म कक्षा ११ र कक्षा १२ मा विभिन्न विषयहरूमा अनुत्तीर्ण भएका विद्यार्थीहरूलाई मौका परीक्षा दिन पाउने व्यावस्था गरेको छ ।अन्तिम एक पटकका लागि मौका परीक्षाको व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बेर्डले एक सूचना जारी गरि २०५६ सालदेखि ०७७ सालसम्म कक्षा ११ र कक्षा १२ मा विभिन्न विषयहरूमा अनुत्तीर्ण भएका विद्यार्थीहरूलाई मौका परीक्षाका लागि फाराम भर्न आग्रह गरेको हो ।बोर्डले रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ को लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकालाई अन्तिम एक पटकका लागि ग्रेडप्राप्त नगरेका विषयको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको जनाएको छ ।
त्यसका लागि आगामी मंसिर २७ गतेसम्म सम्बन्धित विद्यालयमार्फत आवेदन फारम भर्नुपर्नेछ ।पुरानो ग्रेडिङ्ग प्रणाली अनुसार डी र ई ग्रेड प्राप्त गर्न नसकेको विषयमा मात्र आवेदन फाराम भर्नुपर्ने बोर्डले जनाएको छ ।त्यसका लागि रु एक हजार परीक्षा आवेदन शुल्क तोकिएको छ।प्रयोगात्मक विषय मात्र बाँकी रहेका परीक्षार्थीहरूले समेत तोकिएकै समयभित्र प्रति खण्ड रु एक हजार तिरेर फाराम भर्न सकिने बोर्डले जनाएको छ ।

सम्बन्धित समाचार