सर्लाहीको ईश्वरपुर नगरपालिका ६, बयलवासमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २१ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीले शनिबार(आज) आफ्नो २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष वेनीबहादुर कार्कीको अध्यक्षता तथा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटाको प्रमुख आतिथ्यतामा संस्थाको २१ औँ साधारण सभा सम्पन्न भएको हो । सभामा ईश्वरपुर नगरपालिका ६, का वडाध्यक्ष रहमान अन्सारी, सहकारी विभाग प्रदेश २ का शाखा अधिकृत रामपृत यादव, सहकारी बैंक हरिवन शाखाका प्रवन्धक सरोज सापकोटा, ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी प्रमुख प्रहरी निरीक्षक जनकराज ढुंगाना लगायतको आतिथ्यता रहेको थियो ।
संस्थाको २१ औँ वार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष विष्णुहरि मैनालीले आयव्याय प्रस्तुत गर्नु भएको थियो । गएको असार मसान्तसम्म रु २८ करोड ९० लाख ५४ हजार १ सय ६७ कूल कारोवार गरेको संस्थाले गत आर्थिक वर्ष २०७७÷०७८ मा रु ६५ लाख ६६ हजार १ सय ८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको संस्थाले जनाएको छ ।
संस्थाले यो पटक आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश समेत वितरण गरेको छ । साधारण सभामा हरेक वर्ष झैँ उत्कृष्ट बचतकर्ता २ जना, उत्कृष्ट ऋणी २ जना, जेहेन्दार विद्यार्थी २ जना, ज्येष्ठ नागरिक १६ जना, एकल महिला ४६ जना, एकल पुरुष १० जना, अपाङ्गता भएका ५ जना सदस्यलाई नगद र सम्मान पत्रसहित सम्मान गरिएको संस्थाका अध्यक्ष कार्कीले जानकारी दिनु भयो ।