“जेन जी” पुस्ताले आफूलाई अत्यधिक रुचाएकाले सरकारको नेतृत्व लिन तयार रहेको पूर्व प्रधान न्यायधीश सुशीला कार्कीले बताईन्।“जेन जी”आन्दोलनपछिको परिस्थितिमा चुनावी सरकारको नेतृत्व गर्न आफू तयार रहेको उनले बताएकी हुन् । “जेन जी”पुस्ताले मलाई विश्वास गरेर प्रस्ताव गरे।म छोटो समय सरकार चलाएर चुनाव गराउने छु।मैले “जेन जी”को प्रस्तावलाई स्वीकार गरेँ।उनले भनिन् ।
कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाएका “जेन जी”युवाहरुप्रति श्रद्धाञ्जली दिँदै उनीहरुका अभिभावकको मागलाई सम्बोधन गर्ने पनि बताइन्।“जेन जी”आन्दोलनका क्रममा सर्वोच्च अदालत र सिंहदरबार लगायत सबै सरकारी भवन जलेकोमा उनले दुःख व्यक्त गरेकी छिन् । सरकारको नेतृत्व गरेपछि आफ्नो पहिलो चरणको काम भ्रष्टाचार नियन्त्रण हुने उनले प्रतिवद्धता जनाईन् ।
नेपाली राजनीतिमा सधैँ समस्या भइरहेको भन्दै पूर्व प्रधान न्यायाधीश कार्कीले अब “जेन जी” पुस्तासँग मिलेर दीर्घकालीन समाधान खोज्ने समेत बताइन्।नयाँ वातावरण बनाउँछौँ।यो समस्या रोक्छौँ,नेपालको भारत सरकारसँगको सम्बन्ध राम्रो छ।भारतमा हाम्रो धेरै नाता छ । हाम्रो धेरै सद्भाव छ।उनीहरूले हामीलाई धेरै मान्छन्। हामी र भारतबिच राम्रो सम्बन्ध छ । हामी जान्दछौँ,भाँडा नजिक हुँदा बजेर कहिलेकाहीँ आवाज आउनु स्वाभाविक भएको भन्दै नेपाल र भारतबिचको सम्बन्ध सधैँ मजबुत रहेको बताइन् ।
त्यसैगरी,नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले पनि अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार रहेको बताएका छन्।घिसिङनले“जेन जी”आन्दोलनपछि त्यसकै जगमा बन्न लागेको अन्तरिम सरकारको नेतृत्व लिन तयार रहेको बताए।
“अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन म पनि तयार छु ।आवश्यकता अनुसार छलफल हुनुपर्ने र सहकार्यमार्फत अगाडि बढ्नुपर्ने आवश्यकता छ।”घिसिङले बताए।अहिले पूर्व न्यायाधिश कार्की र निवर्तमान कार्यकारी निर्देशक घिसिङको नाम चर्चामा आएको छ।काठमाण्डौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह(बालेन)ले पूर्व न्यायधिश कार्कीलाई सर्मथन गरेका छन् ।तर “जेन जी”का प्रतिनिधिहरु र नेपाली सेनाका बिचमा वार्ता भएपछि कसको नेतृत्वमा अन्तरिम सरकार गठन हुन्छ भन्ने विषय टुङ्गोमा लाग्ने छ ।
नेकपा(एमाले)का अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुईदिने“जेन जी”आन्दोलनको अगाडि घुँडा टेकि सकेपछि मंगलबार देखि नेपाल प्रधानमन्त्री विहिन अवस्थामा छ।“जेन जी” पुस्ताको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री ओलीसहित केही प्रमुख दलका शिर्षनेताहरु भूमिगत भएका छन्।