जलेश्वर भन्सारबाट लक्ष्यको करिब ८७ प्रतिसत राजस्व संकलन

386 Shares

जलेश्वर भन्सार कार्यालय महोतरीले गत आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यको ८६ दशमलव ६५  प्रतिसत मात्र राजस्व संकलन गरेको छ ।गत आर्थिक वर्ष २०८०/८१ मा रु तीन अर्व ७६ करोड २३ लाख ६२ हजार छ सय ८७ राजस्व उठाउने लक्ष्य पाएको कार्यालयले तीन अर्व २५ करोड ९८ लाख ७२ हजार छ सय ६६ रुपैँया राजश्व संकलन गरेको कार्यालय प्रमुख अमित पौडेलले जानकारी दिए ।
उनका अनुसार भन्सार कार्यालयले पेट्रोलियम पदार्थ,कोईला र खरानीका साथै खाद्यान्नबाट मात्रै करिब ८५ प्रतिशत राजश्व संकलन गरेको छ ।आर्थिक वर्ष वर्ष २०७९/०८० मा भन्दा आर्थिक वर्ष वर्ष २०८०/०८१ मा १५ दशमलव ७० प्रतिशत बढी राजश्व संकलन गर्न कार्यालय सफल भएको छ ।
आर्थिक वर्ष वर्ष २०८०/०८१ को साउन ३० करोड ७७ लाख ४७ हजार चार सय ४८,भदौमा २७ करोड १६ लाख ७१ हजार एक सय ६५,असोजमा २६ करोड ६७ लाख ३८ हजार नौ सय ३१,कार्तिकमा २५ करोड ८७ लाख ९० हजार छ सय २०,मंसिरमा २५ करोड ४२ लाख २९ हजार ५७,पुस २३ करोड २७ लाख ९४ हजार दुई सय ७९,माघमा २२ करोड ३७ लाख ६२ हजार ७३,फागुनमा २६ करोड ३७ हजार पाँच सय छ,चैत्रमा २९ करोड ३३ लाख ५७ हजार ६१,बैशाखमा २७ करोड ८८ लाख २९ हजार आठ सय सात,जेठ ३० करोड ९७ लाख १२ हजार दुई सय २५  र असारमा ३३ करोड २२ लाख दुई हजार चार सय ९४ गरी आर्थिक वर्ष वर्ष २०८०/०८१ मा तीन अर्व २५ करोड ९८ लाख ७२ हजार छ सय ६६ रुपैँया राजश्व संकलन भएको कार्यालय प्रमुख पौडेलले बताए ।
खुला सीमा,चोरी तस्करी,सुरक्षाकर्मीहरुको समन्वय कमजोर,आर्थिक मन्दीले व्यापारी पलायन लगायतका कारण लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको कार्यालयले जनाएको छ ।
जिल्लामा रहेको छ वटा छोटी भन्सार कार्यालयहरु मध्य सम्सी र मटिहानी छोटी भन्सार कार्यालय मात्रै सञ्चालनमा रहेका छन्।शसस्त्रद्धन्द्धको समयमा बन्द भएका छोटी भन्सार कार्यालयहरु पुर्ण रुपमा बन्द गर्ने राज्यको नीति रहेको र हाल सञ्चालनमा रहेका दुइै वटा छोटी भन्सार कार्यालयहरुले गरेको काम पनि सन्तोषजनक नरहेको कार्यालय प्रमुख पौडेलले बताए।पेट्रोलियम पदार्थको ढुवानी पाईपलाईनबाट गर्ने तयारी भई रहेकाले आगामि आर्थिक वर्ष २०८१/०८२ मा राजश्व झन घट्ने देखिएको कार्यालयले जनाएको छ ।जनप्रतिनिधिहरुका साथै विभिन्न राजनैतिक दलका नेताहरुको अनावश्यक सिफारिसका कारण पनि राज्यको राजश्वमा केही समस्या देखिएको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार