सर्लाहीको तेलबालीमा सलह किरा प्रवेश

2.9k Shares

जिल्लाकोे लालबन्दीमा सलह किरा भित्रिएको पाइएको छ । लालबन्दी नगरपालिका २ को तेलबाली अनुसन्धान केन्द्रको फर्ममा करिब १ हजारको हाराहारीमा सलह किरा भित्रिएको जिल्ला कृषि ज्ञान केन्द्र मलंगवा सर्लाहीका निमिक्त प्रमुख देवानन्द राय यादवले जानकारी दिनु भयो ।
जिल्लाको  लालबन्दी नगरपालिका २ स्थित तेलबाली अनुसन्धान कार्यक्रममा लगाईएको विभिन्न बालीहरुमा सलह किराको प्रवेश देखिएको हो ।‘आज बिहान फिल्ड भिजिट गर्ने क्रममा बदाम,घैँचा, धानको बेर्ना लगाएतमा सलह किराले झ्याप्पै छोपेको देखियो’, तेलबाली अनुसन्धान कार्यक्रमका संयोजक वरिष्ठ बैज्ञानिक डा. विशेश्वर प्रसाद यादवले जानकारी दिनु भयो । सलह किरा हजारौंको संख्यामा रहेको डा. यादवले बताउनु भयो ।
“शुक्रबार राती छिमेकी देश भारतबाट करिब एक हजार फट्याङ्गरा जस्तो देखिने जातको सलह नामक किरा नेपाल प्रवेश गरेको बुझिएको”कृर्षि ज्ञान केन्द मलंगवाका निमिक्त प्रमुख यादवले बताउनु भयो । जिल्लामा सलह किरा देखिएको चर्चासँगै जिल्लाका किसान चिन्तित बनेका छन् ।
फट्याङ्ग्रा वर्गको कीरामा पर्ने सलह अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो । नेपालमै पहिलोपटक शनिबार बिहान सलह कीरा देखिएको कृर्षि ज्ञान केन्द मलंगवाले जनाएको छ ।
वैज्ञानिक नाम क्अजष्कतयअभचअब न्चभनबचष्ब रहेको सलह किराले कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा अनेकौ गुना बढी क्षति पु¥याउने जानकारहरुले बताएका छन । विज्ञहरुका अनुसार करोडौंको संख्यामा रहने सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत खाएर नष्ट पारिदिन्छ । जेठ देखि असोजसम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १ सय ५० किलोमिटर भन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पु¥याउने विज्ञहरु बताएका छन ।
प्राविधिक टोली खटिएको छ,त्यसको क्षेतीको प्रकृति जात लगाएतका बारेमा चाडैँ पक्ता लगाउने ”ज्ञान केन्द्रका निमिक्त प्रमुख यादवले बताउनु भयो ।“केही दिनदेखि हल्ला चलेको भएपनि शुक्रबार राती सलह किरा  नेपाल प्रवेश गरेको र त्यसले गर्ने क्षेती,किराको जातको पहिचान, र व्यावस्थापन लगायतका काममा प्राविधिक टोली लागि सकेको ” कृर्षि ज्ञान केन्द मलंगवाले जनाएको छ ।
अन्य विस्तृत विवरणका लागि तेलबाली अनुसन्धान केन्द्र तर्फ ज्ञान केन्द्र टोली गएको ज्ञान केन्द्रले बताएको छ ।

सम्बन्धित समाचार