सिन्धुलीका जनप्रतिनिधिहरुमा व्यक्तिगत प्रचार मोह,व्यानर मैै फोटो

428 Shares

सिन्धुलीका जनप्रतिनिधहरुमा व्यक्तिगत प्रचार मोह बढेको पाइएको छ ।सुनकोशी गाउँपालिका ५ मा निर्मित सातबिसे डिही भोटेखोला पुलको उदघाटन कार्यक्रममा सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)को फोटो नै व्यानरमा राखेपछि सिन्धुलीका जनप्रतिनिधहरुमा व्यक्तिगत प्रचार मोह बढेको पाइएको हो ।स्थानीय जनप्रतिनिधि र सांसदहरुले सार्वजनिक कार्यक्रमलाई व्यक्तिगत प्रचारको माध्यम बनाएको विषय चौतर्फी आलोचनाको विषय मात्र नभई  स्थानीयवासी र नागरिक समाजमाझ गम्भीर प्रश्न समेत खडा गरेको छ । 
उक्त कार्यक्रमका प्रमुख अतिथि सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य दाहालको ठूलो फोटो व्यानरमा टाँसिएको थियो।सांसद दाहाल गाउँपालिका अध्यक्ष दीपा दाहाल(बोहोरा) का श्रीमान पनि हुन।सरकारी संरचनाको उद्धघाटनमा सामान्यतया नेताहरूको व्यक्तिगत फोटो टाँस्ने प्रचलन नभएकाले यो कार्यलाई व्यक्तिगत प्रचारको रूपमा लिइएको स्थानीय जानकारहरु बताउँछन् ।
सरकारी आयोजनाहरूलाई व्यक्तिगत सम्पत्तिजस्तो व्यवहार गरिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।यस घटनाले जनप्रतिनिधिहरूले आफ्नो पदको दुरुपयोग गरी व्यक्तिगत स्वार्थ र प्रचारलाई प्राथमिकता दिएको स्थानीयको आरोप छ । यस्तो प्रवृत्तिले राजनीतिक दल र नेताहरूप्रति जनताको विश्वास घट्दै जानु र सरकारी आयोजनाहरूका उद्धघाटनलाई सादगी र औपचारिकतामा सीमित राख्नु हो ।
यो घटनाले सुनकोशी गाउँपालिकामा विकास निर्माणका कामहरूमा पारदर्शिता र जवाफदेहिता माथि प्रश्न समेत खडा गरेको छ।गाउँपालिकाले गरेका गतिविधिहरु सार्वजनि गर्न अटेर गर्ने गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरु सरकारी संरचना निर्माण पछि जस लिन व्यानर मै फोटो टाँस्ने कार्यमा सक्रिय रहँदा जनमुखी र पारदर्शीता माथि प्रश्न सृजना भएको छ ।

सम्बन्धित समाचार