सर्लाहीका सामुदायिक विद्यालयहरुमा ३२ बढी शिक्षक दरबन्दी,१२ सय बढी दरबन्दी खाली

152 Shares

सर्लाही जिल्ला भरका प्राथमिक तहका अस्थायी तथा करार शिक्षकहरु विस्थापित हुने भएका छन्।२०७६ पुस १ गतेपछि नियुक्त भई जिल्लाभर कार्यरत ७७ जना अस्थायी तथा करार शिक्षकहरु विस्थापित हुने भएका शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्रमुख तारापति खरेलले बताए ।उनका अनुसार शिक्षक सेवा आयोगबाट जिल्लाका लागि सिफारिस भएका प्राथमिक तहका स्थायी एक सय ८३ जना शिक्षकहरु आउने भएपछि ७७ जना अस्थायी तथा करार शिक्षकहरु विस्थापित हुने भएका हुन ।
जिल्ला भरका प्राथमिक तहका अस्थायी तथा करार शिक्षकहरुमा २०७६ पुस १ गतेका १७ जना, २०७७ का चार जना,२०७८ का २७ जना २०७९ का १६ जना र २०८० का १३ जना शिक्षकहरु विस्थापित हुने शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले जनाएको छ ।
त्यसैगरी,शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीमा उपलब्ध अभिलेख अनुसार सर्लाहीको २० वटा पालिका रहेको जिल्लामा बलरा नगरपालिकाबाट अस्थायी तथा करार शिक्षकहरु सबैभन्दा बढि १७ जना,रामनगर गाउँपालिकाबाट आठ जना,धनकौल गाउँपालिकाबाट दुई जना,विष्णु गाउँपालिकाबाट पाँच जना,गोडैता नगरपालिकाबाट पाँच जना,कौडेना गाउँपालिका बाट एक जना,मलंगवा नगरपालिकाबाट चार जना,ब्रम्हपुरी गाउँपालिकाबाट चार जना, कविलासी नगरपालिकाबाट पाँच जना,हरिपूर्वा नगरपालिकाबाट एक जना,बरहथवा नगरपालिकाबाट पाँच जना,पर्सा गाउँपालिकाबाट दुई जना,हरिपुर नगरपालिकाबाट तीन जना, लालबन्दी नगरपालिकाबाट चार जना,बागमती नगरपालिकाबाट छ जना र इश्वरपुर नगरपालिकाबाट पाँच जना गरि जम्मा ७७ जना प्राथमिक तहका अस्थायी तथा करार शिक्षकहरु विस्थापित हुने शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्रमुख खरेलले जानकारी दिए ।
चार सय ९२ वटा सामुदायिक विद्यालय रहेको जिल्लामा एक सय छ जना प्राथमिक तहमा सरुवा तथा अनिवार्य अवकाश भई रिक्त शिक्षक भएका र प्राथमिक तहमा न्यूनतम आवश्यक दरबन्दी दुई हजार ५९ जना शिक्षकहरु मध्ये एक हजार दुई सय २१,आधारभुत तह कक्षा ६ देखि ८ सम्ममा छ सय २८ जना शिक्षकहरु मध्ये तीन सय ९७ जना,माध्यामिक तहमा चार सय ५५ जना शिक्षकहरु मध्ये दुई सय ६३ जना,उच्च माध्यमिक तहमा एक सय १४ जना शिक्षकहरु मध्ये ८३ जना शिक्षकहरुको मात्रै दरबन्दी रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।कार्यालयका अनुसार विद्यार्थी संख्याको आधारमा जिल्लाका सामुदायिक विद्यालयहरुलाई एक हजार दुई सय ९२ जना शिक्षक दरबन्दी आवश्यक रहेको छ ।
कार्यालयका अनुसार २०५८ पछि स्वीकृत शिक्षक दरबन्दी र २०६७ पछि शिक्षक अनुदान कोटा(राहत) नथपिएको र दिनानुदिन विद्यालयहरूमा कक्षा थप र नयाँ विद्यालय स्थापनाको क्रम जारी रहेको छ।अहिले विद्यार्थी संख्याको आधारमा शिक्षक नथपिदा जिल्लाका सामुदायिक विद्यालयहरूमा शिक्षकहरुको अभाव रहेको शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक सुनिल कुशवाहाले बताए । यता, जिल्लाका कुन स्थानीय तहमा कति जना शिक्षकहरु आवश्यक छन् ?कति दरबन्दी खाली छ ?कति शिक्षकहरु आवश्यक हो भन्ने एकिन तथ्यांक शिक्षा विकास समन्वय ईकाइ कार्यालय सर्लाहीसंग नरहेको शिक्षाविद्धहरुको भनाई छ ।

सम्बन्धित समाचार