Close This

प्रहरी उपरिक्षक प्रसाईँमाथि छानबिन सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-२४ गते   ३५५ पटक हेरिएको

नेपाल प्रहरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईँमाथि फेरि छानबिन सुरु भएको छ । महाराजगञ्जस्थित २ नम्बर गणमा अनियमितता र शोषण गरेको आरोपमा काठमाडौैं उपत्यका प्रहरी कार्यालय,रानीपोखरीले प्रहरी उपरिक्षक प्रसाईँमाथि छानबिन थालेको हो । विवादै विवादमा पर्दै आएका प्रहरी उपरिक्षक प्रसाईँमाथि गणकै प्रहरीबाट उजुरी आएपछि छानबिन समिति नै गठन गरिएको काठमाडौैं उपत्यका प्रहरी कार्यालय,रानीपोखरीले जनाएको छ ।
छानबिन सुरु भएलगत्तै प्रहरी उपरिक्षक प्रसाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रदेश प्रमुख रुपमा पठाइएपछि गणका प्रहरीले असन्तुष्टि जनाएका छन् । उनीमाथि यसपटक पनि कारबाही हुनेमा आशंका व्यक्त गरिएको छ ।गत वर्ष सर्लाहीमा हुँदा पनि अनियमितताको आरोप लागेपछि तीन महिनामा उनको सरुवा भएको थियो । उता कार्यक्षमतामा कमजोर प्रहरी उपरिक्षक भरत बिकले बढुवा भएको ६ महिनामै रुपन्देही प्रमुख पाएका छन् ।
जिल्ला प्रहरी कर्यालय सर्लाहीमा प्रहरी प्रमुख हुँदा पनि मातहतका प्रहरी युनिटहरुका प्रमुखहरुका पर्स,वेड विस्तारामा समेत खनतलासी गरी कमिसन असुल्न पल्केका प्रहरी जागीरको लामो समय मधेश प्रदेशका जिल्लाहरुमा नै कार्यरत थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech