लालबन्दी नगरपालिकाको प्रतीक चिन्ह(लोगो)सार्वजनिक

141 Shares

सर्लाहीको लालबन्दी नगरपालिकाले आफ्नो प्रतीक चिन्ह(लोगो)सार्वजनिक गरेको छ।२०७४ सालमा  लालबन्दी,पत्थरकोट,नेत्रगन्ज,जब्दी,रानिगन्ज,परवानीपुर र नारायण खोला  गरि सातवटा गा.वि.स मिलेर बनेको लालबन्दी नगरपालिकाले आईतबार(आज) आफ्नो लोगो सार्वजनिक गरेको हो ।“गोलभेडाको शहर लालबन्दी नगर”भन्ने पहिचान राखेको लालबन्दी नगरपालिकाको प्रतीक चिन्ह(लोगो)को वरिपरि गोलभेडा सहित गोलाकार भित्र लालबन्दी नगरपालिका भित्रको भाषा,साँस्कृती,भुगोल र रहन सहनलाई समेटिएको कार्यक्रमका प्रमुख अतिथि एवम लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले बताए ।
उनका अनुसार २०७४ सालमा स्थापना भएको नगरपालिकाले आफ्नो पहिचान सहितको प्रतीक चिन्ह(लोगो) सार्वजनिक गरेको हो।लालबन्दीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउन भन्दै मधेश प्रदेश मै पहिलो पटक नगर वाङ्गमय परिषद् गठन गरेको र  नगर वाङ्गमय परिषद्ले छोटो समयमै निकै फड्को मारेको नगर प्रमुख अधिकारीले बताए ।
कोड एन भएको लालबन्दी नगरपालिकाले आफ्नो प्रतीक चिन्ह(लोगो) नगरले छनौट गरेको र उक्त कोड एन पेश गर्ने कलाकार लालबन्दी नगरपालिका ७ का कोमल प्रसाद गौतम रहेका नगरपालिकाले जनाएको छ। नगर वाङ्गमय परिषद्ले एक सूचना जारी गरि प्रतीक चिन्ह(लोगो) निर्माण गर्न गोप्य प्रस्ताव माग गरेको थियो।जसमा कोड एन पेश गर्ने कलाकार गौतमको प्रतीक चिन्ह(लोगो) नगरपालिकाले छनौट गरेको हो ।
लालबन्दी नगरपालिकाले आफ्नो प्रतीक चिन्ह(लोगो)सार्वजनिक कार्यक्रममा नगर प्रमुख अधिकारी,उप प्रमुख कल्पना माया पाख्रिन,प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने सहित विभिन्न वडाका वडा अध्यक्षहरु र नगरपालिकाका कर्माचारीहरु सहित लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारी र जनज्योति बहुमुखी क्याम्पस व्यावस्थापन समितिका अध्यक्ष दिपक अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार