कमिसनमा योजना बेचेको पूर्वाधार कार्यालय सर्लाहीका प्रमुख यादवमाथि आरोप

177 Shares

पूर्वाधार विकास कार्यालय सर्लाहीमा योजनाका“चिठी”अनियमित रूपमा बिक्री वितरण भइरहेको रहस्य सार्वजनिक भएको छ।मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय सर्लाहीका प्रमुख विजय यादवले चर्काे कमिसन असुलेर योजनाहरू “चिठी”बिक्री गर्ने र प्रक्रिया प्रभावित पार्ने गरेको रहस्य सार्वजनिक भएको हो।कार्यालय प्रमुख यादवले प्रदेश सभा सदस्यहरूको“बजेट सिलिङ”भित्रका योजना बाहेक अन्य योजनाका समेत “चिठी”बिक्री गर्ने र प्रक्रिया प्रभावित पार्ने गरेका स्थानीयको आरोप छ ।
ती योजनाहरू वितरणका क्रममा आर्थिक लेनदेन हुने गरेको र करिब छ प्रतिशतसम्म रकम कार्यालय प्रमुख यादवले कमिसनको रुपमा लिने,उपभोक्ता समिति गठन हुँदासम्म यो दर १२ प्रतिशतसम्म पुग्ने स्रोतको दाबी छ।‎पूर्वाधार कार्यालयले जिल्लाभित्र सञ्चालन गर्ने भौतिक निर्माणसम्बन्धी योजनाहरूको चिठी वडा कार्यालयमार्फत जानुपर्ने प्रावधान रहे पनि ती चिठीहरू वडा कार्यालयमा नपठाई व्यक्तिगत रूपमा वितरण भइरहेको स्थानीय जनप्रतिनिधिहरुको भनाई छ।स्थानीयले योजनाहरुको विवरण माग्दा पूर्वाधार विकास कार्यालय सर्लाहीले उक्त योजनाहरु कार्यन्वयनका लागि प्रक्रियामा गई सकेको र फलाना प्रदेश सभा सदस्यको कोटामा परेको भन्दै गैर जिम्म्ेवारपूर्ण जवाफ दिएर पन्छिने गरेको छ।
‎त्यसैगरी,सो विषयमा विज्ञासा राख्न कार्यालय प्रमुख यादवलाई फोन गर्दा उनको मोवाईल अफ छ।पूर्वाधार विकास कार्यालयले गर्ने काम कार्बाहीको सवालमा आफुलाई कुनै जानकारी नभएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए।उनले विकास निर्माण सम्बन्धी कार्यालयहरू संवेदनशील हुने भएकाले शान्ति–सुरक्षा कायम राख्न समन्वय मात्र गर्ने आफ्नो भूमिका रहेको बताए।साथै,योजनाहरू पारदर्शी बनाउन चिठीहरू सम्बन्धित वडा कार्यालयमा पठाउने र कार्यालयको वेबसाइटमा सार्वजनिक गर्ने निर्देशन दिएको पनि प्रमुख जिल्ला अधिकारी कडरियाले बताए ।
‎तर पूर्वाधार विकास कार्यालय मलंगवाका प्रमुख यादवले उक्त निर्देशनको पालना नगरी पहिले नै योजनाका चिठीहरु बिक्री गरि सकेका र उपभोक्ता समिति गठन भइसकेपछि मात्र चिठीहरू अनलाइनमा राख्ने अभ्यास गर्दै आएका पाइएको छ।‎यस प्रकरणले सर्लाहीमा विकास निर्माण सम्बन्धी योजनाको पारदर्शिता,निष्पक्षता र सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ।सम्बन्धित निकायबाट निष्पक्ष छानबिन र आवश्यक कारबाही हुनु पर्ने स्थानीले माग गरेका छन् ।
यता, कार्यालय प्रमुख यादवले आफुले नभई योजना छनोट गर्ने व्यक्तिबाट नै योजनाहरु बिक्रि भएको दाबी गरे ।उनले “म अहिले बाहिर छु।कार्यालय आएपछि तपाईपनि आउनु होला कसले योजना बेचेको हो सबै भन्छु ।मलाई बद्नाम गराउने काम हुन्छ ।तर मेरो संग्लग्नता छैन् ।”
‎यादव पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यालय प्रमुखका रूप विगत लामो समयदेखि निरन्तर काम काज गर्दै आईरहेका छन् भने गतवर्षपनि योजना बिक्रि कै विषयमा निवर्तमान प्रदेश सभा सदस्य अशोक यादवसंग विवाद भएको र सो सम्बन्धी मुद्धा हालपनि जिल्ला अदालत सर्लाहीमा विचाराधिन अवस्थामा रहेको छ ।

सम्बन्धित समाचार