लालबन्दी ८ का १ सय १ जना जेष्ठ नागरिकलाई सम्मान

3.6k Shares

सर्लाहीको लालबन्दी नगरपालिका ८ का १ सय १ जना बृद्धबृद्धालाई सम्मान गरिएको छ । लालबन्दी नगरपालिका ८ को आयोजनामा वडा भित्रका ७० वर्ष पुरा गरेका र सामाजिक सुरक्षा भक्ता पाएका १ सय १ जना बृद्धबृद्धालाई एक कार्यक्रमको  आयोजना गरि सम्मान गरिएको हो ।
लालबन्दी नगरपालिका ८ को आधारभुत विद्यालय,खतिवडा चोकको प्रांङ्गणमा आयोजना गरिएको कार्यक्रममा फाइबर सिरक,हर्लिस र गम्छाले सम्मान गरिएको लालबन्दी नगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष राजन कुमार श्रेष्ठले बताउनुभयो ।


 लालबन्दी नगरपालिकाकी उप प्रमुख शान्ती लामाको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको एक कार्यक्रममा १ सय १ जना बृद्धबृद्धालाई गरिएको हो । जेष्ठ नागरिक सम्मान कार्यक्रमकी प्रमुख अतिथी तथा नगर उप प्रमुख लामाले राजनैतिक तथा अन्य विविध कारणले जेष्ठ नागरिक सम्मान कार्यक्रम ढिलो भएको बताउनुभयो । उहाँले नगरका जेष्ठ नागरिक प्रति नगरपालिका सधैँ सद्भाव राख्ने बताउँदै यस्ता खालका कार्यक्रमहरु निरन्तर गरिने बताउनु भयो । नगरपालिकालेनै बजेटको व्यावस्थापन गरेर नगर भित्रका अग्रज जेष्ठ नागरिकलाई सद्भाव राखि रहने गरेको उहाँको भनाई छ । 
कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष श्रेष्ठले कोरोना भाईरस संक्रमणको त्रास,राजनैतिक उतारचढाब र भुमिहिन(सुकुम्वासी) व्यावस्थापनको कामले गर्दा जेष्ठ नागरिक सम्मान कार्यक्रम केही ढिलो भएको भएपनि आफुहरुले कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो ।

सम्बन्धित समाचार