Close This

छठघाट घुम्न गएको सरकारी सवारी साधन प्रहरीले फिर्ता गर्यो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-२६ गते   ३० पटक हेरिएको

सिरहाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष चढ्ने सरकारी नम्बर प्लेटको गाडी दुरुपयोग भएको पाइएको छ । गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले प्रयो गर्ने सरकारी सवारी साधन बा २ झ ३६४३ नम्बरको स्कारपिओ दुरुपयोग भएको पाइएको हो ।
गाउँपालिकाका अध्यक्ष यादवले प्रयो गर्ने सरकारी सवारी साधन बा २ झ ३६४३ नम्बरको स्कारपिओ दुरुपयोग भएको पाइएको  भन्दै स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । छठ पर्वको दिन अध्यक्ष यादवका आफन्त र कार्यकर्ता चढेर रातको समयमा घुमिरहेको अवस्थामा स्थानीयबासीले नै बा २ झ ३६४३ नम्बरको स्कारपिओ नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएका हुन् ।
उक्त गाडीमा गाउँपालिकाको कुनै कर्मचारी र जनप्रतिनिधि, ड्राईभरसमेत नभएकाले स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताइएको छ । रातको समयमा बाटोमा दुई तीन पटक गाडी दौडाएपछि आफूहरुले रोकेर हेर्दा कर्मचारी र जनप्रतिनिधि कोही नदेखेपछि प्रहरीलाई खबर गरेर जिम्मा लगाएको स्थानियले बताएका छन् ।
प्रहरीले उक्त सरकारी सवारी साधन स्थानीयवासीले नियन्त्रणमा लिई आफूलाई जिम्मा लगाएको सिरहा प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय विष्णुपुर सिरहामा राखिएको उक्त सरकारी सवारी साधन आफुहरुको सम्पर्कमा आएका कारण आफुहरुले सुरक्षित राख्न जिल्ला प्रहरी कार्यालय सिरहामा पठाएको ईलाका प्रहरी कार्यालय विष्णुपुरका प्रहरी प्रमुख सई प्रकाश खड्काले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष यादवको उक्त सरकारी सवारी साधन विष्णुपुर गाउँपालिका ५ का वडा अध्यक्ष अध्यक्ष कपिलदेव यादवले छठ घाटमा घुम्न लगेको पाइएको छ । तर ईलाका प्रहरी कार्यालय विष्णुपुरका प्रहरी सई खड्का अनुसार प्रहरीको नियन्त्रणमा आउँदा वडा अध्यक्ष उक्त गाडीमा नरहेको पाईएको छ । 
गलत प्रयोग भएको भएपनि गाउँपालिकाको सिफारिसमा आज(शुक्रबार) गाउँपालिकालाई उत्त सरकारी सवारी साधन फिर्ता गरिएको सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक शुभाष बुढाथोकीले जानकारी दिनु भयो ।  प्रदेश २ मा सरकारी सवारी साधनको चरम दुरुपयोग हुनेगरेका घटनाहरु नौला छैनन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech