Close This

सुत्केरी तथा गर्भवती महिलालाई खाद्यन्न वितरण

पत्र पत्रिका    प्रकाशित: २०७७-१-२२ गते   ३८९ पटक हेरिएको

सर्लाहीको बागमतीमा एक गैरसरकारी संस्थाले  १०० जना सुत्केरी महीलाहरुलाई पोषण खाद्यन्न राहत वितरण गरेको छ ।‘यात्राद्वारा महिला सशक्तिकरण नेपाल’ नामक एक गैर सरकारी संस्थाले बागमती नगरपालिका  १२ मा बसोवास गर्ने १०० जना सुत्केरी महिलाहरुलाई पोषण राहत वितरण गरेको संस्थाले जनाएको छ ।

कोरोना भाइरस विरुद्ध जारी लकडाउनको मारमा परेका विपन्न परिवारका सुत्केरी महिलाहरुलाई केही मात्रामा भएपनि राहत पु¥याउने उद्येश्यले खाद्यन्न सामाग्री वितरण गरेको संस्थाकी सचिव पवित्रा माझीले बताउनु भयो ।

उक्त संस्थाले राहत बापत प्रति सुत्केरी १० किलो चामल, ५ किलो पिठो, २ किलो दाल, २ किलो क्वाटी, आधा लिटर घिउँ, १५० ग्राम ज्वानो, ३०० ग्राम मेथी र आलस आधा किलो प्रदान गरेको हो । लकडाउनको मारमा परेका दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारका सुत्केरीलाई पोषण खाद्यन्न वितरण गरेर महत्व पुर्णकार्य गरेको भन्दै वडाध्यक्ष ओम बहादुर श्रेष्ठले संस्थाप्रती धन्यवाद समेत व्यक्त गर्न भएको छ ।

यसैविच यस संस्थाले बागमती सहित जिल्लाको ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकामा पनि सुत्केरी महिला पोषण, बाल पोषण, तथा पोषण खाद्यन्न राहत वितरण गरेको जनाएको छ । संस्थाले इश्वरपुर नगरपालिका–४ मा एक सय ५० परिवारलाई पोषण युक्त खाद्यन्न तथा ६० बाल बालिकाहरुलाई बाल पोषण खाद्यन्न र चन्द्रनगर गाउँपालिका–२ बबरगंजको मुसहर बस्तीमा ८० परिवारलाई पोषण युक्त खाद्यन्न  वितरण गरेको जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech