Close This

प्रहरी निरिक्षक ढुंगानालाई अर्काे सफलता,घरेलु हतियार सहित १ जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-३० गते   ४५० पटक हेरिएको

 ईलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक जनकराज ढुंगाना

 ईलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक जनकराज ढुंगानालाई निरन्तर सफलता मिलेको छ । सरुवा भएर भरखरै आउनुभएका प्रहरी निरिक्षक ढुंगानाले फरार अपराधिहरु लगातार नियन्त्रणमा लिई रहनु भएको छ । 
ईलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवास प्रहरी प्रमुख भएर आए लगतै देखि सो क्षेत्रमा भन्सार छलीका सामानहरु नियन्त्रणको प्रयास,फरार अपराधिहरुलाई पक्राउ लगायतका कामलाई प्राथमिकता दिनुभएको छ । उहाँ केही दिन पहिला ईश्वरपुर नगरपालिका १२ मा शरीरमा पेट्रोल छ्यापेर आगो लगाई फरार रहेका अपराधिलाई पाँचै दिनमा पक्राउ गर्न सफल,त्यसैगरी केही दिन पहिला बाँके जंगलमा बोलेरो लुटपाटमा संग्लग्नहरुलाई नियन्त्रणको प्रयास जारी र बिहीबार ३ थान घरेलु हतियार सहित एक जनालाई पक्राउ गर्न सफल हुनु भएको छ । 
प्रहरी निरिक्षक ढुंगाना ईलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवास प्रमुख भएर आएपछि सो क्षेत्रका दुई नम्बरी धन्दा गर्नेहरुको निद हराम भएको छ भने अपराधिक गतिविधिहरु नियन्त्रणको राम्रो प्रयास भएको स्थानिय भद्रभलादमीहरुले बताउन थालेका छन् । निरन्तर गस्तीमा रहने प्रहरी निरिक्षक ढुंगानालाई भौगोलीक बनावटको राम्रो ज्ञान हुन नपाउँदै अपराधिक गतिविधि गर्नेहरुको निद हराम हुन सुरु भएको छ ।
सालीन र भद्र स्वाभावका प्रहरी निरिक्षक ढुंगाना प्रहरीको काम कर्तव्य र अधिकारका साथै सामाजिक तथा मानवियता लगायतका विषयमा त्यतिकै ख्याल राख्नु हुन्छ ।  भने शान्ती सु व्यावस्था र शुसासन कायमा राख्न प्रहरीलाई नागरिकको सहयोग रहे समाजमा कुनै पनि गैर कानुनी तथा अपराधिक गतिविधिहरु हुन नपाउनेमा उहाँको विश्वास छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech