Close This

सर्लाहीमा पेस्तोल र गाेली सहित एक जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-२१ गते   ५२० पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ११ बाट प्रहरीले लुकाई छूपाई राखेको अवस्थामा  पेस्तोल र गोलीसहित एक पुरुषलाई पक्राउ गरेको छ ।  हरिवन नगरपालिका ११ मा लुकाई छिपाई राखेको अवस्थामा पेस्तोल र गोली सहित हरिवन ११ का  ४३ वर्षीय छोटेलाल दासलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले जानकारी दिनु भयो । उहाँका अनुसार मंगलबार हरिवन नगरपालिका ११ का दास सहित एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने १ राउण्ड गोली  प्रहरीले नियन्त्रणमा लिएको हो ।
दासले हरिवन बजारमा सञ्चालन गरेको किराना पसलमा लुकाई छिपाई राखेको अवस्थामा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद् भएको प्रहरीले जनाएको छ । बिशेष सुराकीको आधारमा हरिवन प्रहरीले दासको किराना पसलमा खानतलासी गर्दा सो पेस्तोल र गोली फेला परेको हो । खानतलासी  पछी बरामद पेस्तोल र गोलीसहित दासलाई  नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख प्रहरी  उपरीक्षक प्रविण पोख्रलले जानकारी दिनूभयो ।
खुल्ला सिमाना भएका कारण मधेश प्रदेशका जिल्लाहरुमा साना हतियारहरुको विगविगी बढेको छ । छिमेकी देश भारतसंग खुल्ला सिमाना भएका कारण पनि मधेश प्रदेशका जिल्लाहरुमा साना हतियारहरुको बिगबिगी देखिएको छ । जिल्लामा सुरक्षाकर्मीहरु तादरुकताका साथ लागेपनि खेतआली तथा अन्य क्षेत्रबाट पनि साना हतियारहरु नेपाल भित्रने गरेको पाईएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोख्रेलले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech