समाजवादी क्रान्तिको तयारीका लागी माओवादी घटकहरु बीच एकता आवश्यक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

289 Shares

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले छरिएर रहेका माओवादी समाजवादी क्रान्तिको तयारीमा लागी माओवादी घटकहरु वीच एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताएका छन्। बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणका लागि आयोजना गरिएको जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न चितवनको भरतपुर महानगरपालिका १३ आएका माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले हिजो एउटै “स्कुलिङ”बाट आएका तर हाल विभक्त रहेका माओवादीहरू एकताबद्ध भएर जानुपर्ने बताए ।उनले माओवादी घटकहरु एकीकृत भएर मात्रै समाजवादी क्रान्तिको तयारीमा लाग्न सकिने समेत बताए ।
“शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा अरूकै भन्ने विषयमा कुनै विन्दुमा पुगेर संघर्ष हुन्छ भन्ने विश्लेषण गरिएको थियो।अहिले त्यो विन्दुमा पुगेका छौँ।त्यसैले एकताबद्ध भएर अगाडि बढौँ,” माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले भने।माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले पछिल्ला उपलब्धिको रक्षा गर्न आमजनतालाई एकताबद्ध गराउँदै समाजवादी क्रान्ति पूरा गर्ने गरी अगाडि बढ्नुको विकल्प नरहेको पनि बताए।उनले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन,योद्धाहरूको स्मरणमा जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने लगायत काम गरेकोे उल्लेख गरे।
माओवादी एकताबद्ध भए आगामी निर्वाचनमा पहिलो संविधान सभाको जस्तै अवस्था आउने कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव)ले बताए।उनले जनताको जीवन बदल्ने अभिभारा पूरा गर्न एकता आवश्यक रहेको धारणा राखे ।माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले हजारौँ नागरिकको बलिदानबाट प्राप्त संविधान र संघयितालाई संस्थागत गर्दै लैजानुपर्ने बताइन्। त्यसका लागि माओवादी र वामपन्थी एकता जरुरी रहेको उनको भनाइ थियो।माओवादी केन्द्रका उप महासचिव जनार्दन शर्मा(प्रभाकर)ले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न नयाँ ढंङ्गले सोच्ने बेला आएको बताए।सबै कम्युनिष्ट नेताहरूसँग छलफल भइरहेको र माओवादी शक्ति संगठित भएर समाजवादी आन्दोलन अघि बढाउनुपर्ने उनको भनाई छ ।पछिल्लो समय माओवादी घटकहरु विभिन्न भागमा विभक्त भएका छन् ।

सम्बन्धित समाचार