माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्ड बर्दिवासमा

269 Shares

नेकपा(माओवादी केन्द्र) का अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) महोत्तरी आएका छन्। माओवादी केन्द्रले सञ्चालन गरेकाे ३ महिने संगठन सुदृढीकरण एवम पार्टी रुपान्तरण अभियान अन्तर्गत मधेश प्रदेशको समिक्षा गर्न उनी महोत्तरी आएका हुन्। 
अहिले महोत्तरीको बर्दिवास स्थित माइस्थान पंचधुरा पाटी प्यालेसमा केन्द्रिय सदस्यहरुसगँ बैठक पारम्भ भएको छ। बैठकबाट नै संगठन सुदृढीकरण एवम रुपान्तरण अभियानका क्रममा जिम्मेवारी पाएका मधेश प्रदेशका ८ वटै जिल्लाका इन्चार्जहरुसगँ रिपोर्टिङ लिने कार्यक्रम रहेको माओवादी केन्द्र मधेश प्रदेश ईन्चारज लिलामणी पाेख्रेलले जानकारी दिए।
यसपछी माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री  प्रचण्ड महोत्तरी कै गौशाला नगरपालिका ५ स्थित रहेकाे बहुउद्देश्यीय भवन जिराेमाईमलमा हुने नेता कार्यकर्तालाई प्रशिक्षण गर्ने छन्। करिब १ हजार ८  सय नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ। केही भेटघाट बाहेक माओवादी केन्द्रका अध्यक्ष एवम  प्रधानमन्त्री प्रचण्ड नितान्त पार्टीको छलफल र समिक्षामा मात्र सहभागी हुने कार्यक्रम रहेको छ।

 

 

सम्बन्धित समाचार