बाराको परवानीपुर गाउँपालिका ५ गण्डक नहर स्थित सडक खण्डबाट प्रहरीले ४ किलो चाँदीका गर–गहनाहरु र एउटा मोटरसाईकल सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा परवानीपुर गाउँपालिका ५ गण्डक नहर स्थित सडक खण्डबाट प्रहरीले ४ किलो चाँदीका गर–गहनाहरु र एउटा मोटरसाईकल सहित १ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेश काफ्लेले जानकारी दिए ।
उनका अनुसार पर्साको वीरगंजबाट बाराको कलैया तर्फ आउदै गरेको ना १६ प ४०१६ नम्बरकोे मोटरसाइकललाई चेकजाँच गर्दा पर्साको वीरगंज महानगरपालिका ३ बस्ने अन्दाजी वर्ष ४० का राजेश साह सोनार सहित उनको साथबाट ४ किलो चाँदीका गर–गहनाहरु बरामद् भएको हो ।४ किलो चाँदीका गर–गहनाहरु सहित नियन्त्रणमा लिइएका मानिसलाई आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानले जानकारी दिए ।