राष्ट्रियसभाको बुधबारको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिएको छ।आकस्मिक समयमा बोल्ने नेकपा(माओवादी केन्द्र)का नेता एवम सांसद गोपीबहादुर सार्की अछामीले भिजिट भिषा प्रकरणबारे निष्पक्ष छानबिनको माग गरेका हुन।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका प्रमुखसहित केही कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गिरफ्तार गरेको र यस प्रकरणमा गृहमन्त्री लेखकको पनि संलग्नताका कुराहरु आएकाले उनले राजीनामा गरेर अनुसन्धानमा सघाउनु पर्छ ।सांसद अछामीले बताए ।
पछिल्ला विकसित घटनाक्रमको विश्वव्यापी रूपमा नकारात्मक सन्देश गइरहेको भन्दै दुई तिहाइको सरकार जनताप्रति जिम्मेवार र जवाफदेही हुन नसकेको उनको आरोप छ ।सो विषयमा सभाको ध्यानाकर्षण भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बताए। गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले लगातार दोस्रो दिन पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्।राष्ट्रियसभाको बैठक भने सञ्चालन भएको छ।राष्ट्रियसभाको बुधबारको बैठकमा सहरी विकास मन्त्रालय,भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको थियो ।