Close This

सुलभ स्वास्थ्य सेवाका लागि स्वास्थ्य चौकीमा प्रयोगशाला

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-१ गते   २११ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका १२ को कर्मैयामा रहेको कर्मैया स्वास्थ्य चौकीमा प्रयोगशाला (ल्याब) उद्घाटन गरिएको छ ।बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले कर्मैया स्वास्थ्य चौकीको ल्याब उद्धघाटन गर्नु भएको हो । बागमती नगरपालिका–१२ का वडाध्यक्ष ओम बहादुर श्रेष्ठको अध्यक्षता तथा नगर प्रमुख थापाको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको थियो ।
नगरवासीहरुलाई सहज तरिकाबाट पुर्णसेवा प्रवाह गर्ने गरी नगरकै स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु गरिएको नगर स्वास्थ्य शाखाका सह–संयोजक पदम रायमाझीले जानकारी दिनु भयो । अब नगरवासीले रगत, दिशा, पिसाव, टाईफाईड, मलेरिया, कलेजो,मृगौला लगायतका सम्पूर्ण स्वास्थ्य समस्याको ल्याव परिक्षणको सेवा स्वास्थ्य चौकीबाटै प्राप्त गर्न सकिने सह–संयोजक रायमाझीले बताउनु भयो ।
उक्त स्वास्थ्य चौकीमा नगरले एमविविएस डाक्टर समेत नियुक्त गरेर सेवा प्रदान गरिरहेको छ । स्वास्थ्य चौकी परिसरमै स्थापना गर्न लागिएको १५ सैँयाको अस्पताललाई समेत लक्षित गरेर प्रयोगशाला संचालनमा ल्याईएको नगर स्वास्थ्य शाखाले जनाएको छ । ल्याव उद्घाटन कार्यक्रममा नगरका जनप्रतिनिधिहरुका साथै विभिन्न शाखा प्रमुख, कर्मचारी लगायत नगरका विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
नगरवासीको आधारभुत आवश्यक्ता अन्र्तगतको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा नगरले कुनै कन्जुस्याँई नगर्ने कार्यक्रमका प्रमुख अतिथी तथा नगर प्रमुख थापाले बताउनु भयो । नगरबासीले स्वास्थ्य सेवा पाउन नगर बाहिर जानु पर्ने अवस्थाको अन्त्य गर्ने गरि आफुहरुले काम गरि रहेको नगर उप प्रमुख लिलाकुमारी मोक्तानले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech