सर्लाहीको बागममतीमा विगत १० दिन पहिलाबाट सुरु भएको “एक विद्यार्थी एक सीप कार्यशाला”सम्पन्न भएको छ।विद्यार्थीहरूलाई जीवन उपयोगी सीप सिकाउने उद्देश्यसहित बागमती नगरपालिकाको शिक्षा शाखाले विगत १० दिन पहिलाबाट सुरु गरेको “एक विद्यार्थी एक सीप कार्यशाला”मंगलबार सम्पन्न भएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका संयोजक मीन प्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार साउन १८ गतेदेखि सुरु भएको कार्यशालामा नगर भित्रका सात वटा विद्यालयका प्रति विद्यालय ३५ जनाका दरले कुल दुई सय ४५ जना छात्र–छात्राहरू सहभागी भएका थिए। उनीहरूलाई उद्घोषण तथा सार्वजनिक भाषण,चित्रकला,वाइरिङ तथा रिपेयरिङ, हस्तलेखन कला,कविता लेखन तथा वाचन र विज्ञान प्रयोगशाला गरी छ विधामा प्रशिक्षण दिइएको नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाले जनाएको छ ।
यस्ता सीपमूलक कार्यशालाले बालबालिकामा अन्तरनिहित क्षमता प्रस्फुटन गर्न मद्दत गर्ने बागमती नगरपालिका २ धरहरा स्थित रहेको जनबाल कल्याण मा.वि.का प्रधानाध्यापक प्रकाश बहादुर जिम्बाले बताए।बागमती नगरपालिकाले वर्षे बिदामा विगत तीन वर्षदेखि समर क्याम्पमार्फत विभिन्न सीपयुक्त तालिम सञ्चालन गर्दै आएको बागमती नगरपालिका सामाजिक विकास शाखाका संयोजक राजकुमार वि.क.ले बताए ।
कार्यक्रममा बागमती नगरपालिकाको सामाजिक विकास शाखाका संयोजक वि.क.शिक्षा,युवा तथा खेलकुद शाखाका संयोजक उपाध्याय,बागमती नगरपालिका २ धरहरा स्थित रहेको जनबाल कल्याण मा.वि.को विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक बहादुर बोहरा लगायतको विशेष उपस्थिति रहेको शिक्षक ओम बहादुर कार्कीले जानकारी दिए ।