हावाहुरीले मकै बालीमा ठूलो क्षेत्ती किसान चिन्तित

121 Shares

सोमबार आएको हावाहुरीले सर्लाहीमा मकै बालीमा ठूलो क्षति पुर्याएको छ।घोगा लाग्ने बेला भएको मकैका बोट हावाहुरीले ढलाएर क्षति पुर्याएपछि जिल्लाका किसानहरु चिन्तित देखिएका छन्।मुखैमा आइसकेको बालीलाई हावाहुरी आएर क्षति पुर्याए पछि किसान चिन्तित बनेका हुन् ।
मल,सिँचाई र कामदारका लागि अत्यधिक खर्च गरेर हुर्काएको मकै बाली एकैछिनमा हावाहुरीले सोत्तर पारिदिएको किसानहरुको दुःखेसो छ।हावाहुरीबाट अन्य बालीमा खासै क्षति नभए पनि मकै भने सोत्तर पारेर ढालेको स्थानीय किसानहरुले बताए।हुरी बतासबाट मकै खेतीमा भएको क्षतिको विवरण पालिकाहरुको कृषि शाखाले संकलन गर्ने काम सुरु गरि सकेको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहाले बताए ।
उनका अनुसार सर्लाहीमा करिब १२ हजार पाँच सय हेक्टर क्षेत्रफलमा हाइब्रिड मकै खेती हुने गरेको छ।सोमबार साँझको हावाहुरीपछि सर्लाहीमा बिजुली र इन्टेरनेट सेवा समेत प्रभावित भएको छ।बजार क्षेत्रमा सोमबार रातिदेखि नै विद्युत सूचारु भएपनि बिजुली आउने जाने भइरहेको छ भने ग्रामीण भेगमा यो समाचार तयार पार्दा सम्म विद्युत र इन्टरनेट अवरुद्ध रहेको छ ।विद्युत र इन्टरनेटको काम गर्न प्राविधिकहरु निरन्तर खटिएका छन्।यस्तै सोमबार बेलुकाको हावाहुरीले विभिन्न स्थानमा खपडा तथा टाली र जस्ता पाताका छानोहरुमा समेत क्षति पुगेको छ ।

सम्बन्धित समाचार