लालबन्दीमा नगरसभाको १२ औँ अधिवेशन प्रारम्भ,१४ का वडा अध्यक्ष घिसिङद्धारा विरोध

469 Shares

सर्लाहीको लालबन्दी नगरपालिकाले १२ औँ नगर सभा अधिवेशन बिहीबार प्रारम्भ गरेको छ ।लालबन्दी नगरपालिका १० चन्द्रपुरस्थित रहेको लालबन्दी नगरपाकिला १० को वडा कार्यालय परिसरकोे सभा हलमा नगरसभा प्रारम्भ भएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले जानकारी दिए ।उनका अनुसार बिहीबारबाट सुरु भएको १२ औँ नगर सभा अधिवेशन असार मसान्तभित्र नीति तथा कार्यक्रममाथि छलफल गरेर बजेट सहित पारित गर्ने छ ।
नगरसभाको उद्घाटन समारोहमा बिहीबार नीति तथा कार्यक्रम मात्रै प्रस्तुत भएर पारित भएको छ भने बजेटसहित असार १० गते पुनःप्रस्तुत हुने नगर उप प्रमुख कल्पनामाया पाख्रिनले बताईन ।नगरसभाको उद्घाटन समारोहमा नगर प्रमुख बासुदेव अधिकारी,उप प्रमुख पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत न्यौपाने र नगरसभा सदस्यको उपस्थिति रहेको लालबन्दी नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले पहिलो पटक नगरसभामा गरिने अभ्यासबारे जानकारी प्रदान गर्न प्रत्येक माध्यमिक विद्यालयबाट विद्यार्थीलाई पनि सरिक गराएको छ।नगरपालिकाले आफुखुसी वडाको बजेट सिलिङ गरेको भन्दै लालबन्दी नगरपालिका १४ नारायणखोलाका वडाध्यक्ष छेनामसिंह घिसिङले नगर सभामा विरोध जनाएका छन् ।
लालबन्दी नगरपालिका १३ र १४ लाई जोड्ने नारायणखोालको अधुरो अवस्थामा रहेको पुलका लागि बजेट विनियोजन गर्न आफूसँग सल्लाह नै नगरिएको भन्दै वडा अध्यक्ष घिसिङले नगरसभा बहिष्कार गरेका हुन ।संघीय र प्रदेश सरकारको योजनामा नपरेको र नगरले पनि बेवास्ता गर्दा सो पुल अलपत्र नै रहने अवस्था आएको भन्दै सो पुल निर्माण गर्नका लागि धेरै समय पनि बाँकी नरहेकाले पुल निर्माण गर्न बजेटको विशेष व्यावस्था हुनु पर्ने भन्दै माग गर्दा नगरकार्यापालिकाबाट सो माग सम्बोधन नभएकाले आफुले विरोध गरेको लालबन्दी नगरपालिका १४ नारायण खोलाका वडा अध्यक्ष घिसिङले बताए ।
उनले भुगोलको आधारमा पनि ठूलो र विकट वडा रहेको भएपनि नगरपालिकाले सबै उपेक्षा गरेको समेत आरोप लगाए।“गाउँ गाउँको सिंह दरबार”नारामा मात्रै सिमित भएको र नारायणखोलालाई सधैँ विकासले पछाडि पार्ने गरि आगामि आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माणको काममा नगरपालिका लागेको वडा अध्यक्ष घिसिङको भनाई छ ।उनले सो पुलका लागि नगरले बजेटको उचित व्यावस्था नगर्दा सम्म नारायण खोलाबासी आफ्नै नगरको सदरमुकाम सम्म समेत आउन सक्ने अवस्थामा नरहेका समेत कमालमाई मिडिया प्रा.लिसंग बताए ।पुल निर्माणका लागि बजेटको व्यावस्था नगरे आफुलाई कुनैपनि बजेट नचाहिने समेत वडा अध्यक्ष घिसिङले बताए ।
आगामि बजेटको तयारीमा सर्लाहीका स्थानीय तहहरु
सर्लाहीका स्थानीय तह बजेटको तयारीमा जुटेका छन्।असार १० गतेभित्रै गाउँसभा÷नगरसभा बोलाएर आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्नुपर्ने कानूनी व्यवस्था अनुसार गाउँपालिका तथा नगरपालिकाहरुले बजेटको तयारीमा लागेका हुन ।केही स्थानीय तहले कार्यपालिकाको बैठक राखेर बजेटबारे छलफल सुरु गरि सकेका छन् भने केही पालिकाहरुमा आगामि आर्थिक वर्षका लागि योजनाहरु छनोटको काम भई रहेको हाम्रा सम्वाददाताहरुले जानकारी दिए छन् । 

सम्बन्धित समाचार