सर्लाहीको हरिवनमा नेकपा (एकीकृत समाजवादी) को नगर कार्यालय उद्घाटन गरिएको छ ।आज(आइतवार) ७ औँ संविधान दिवशको अवसरमा हरिवनमा नेकपा (एकीकृत समाजवादी) को नगर पार्टी कार्यालय उद्धघाटन गरिएको हो ।
नगर पार्टी कार्यालय उद्धघाटन कार्यक्रममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले घाईते पारेको संविधानलाई आफूहरुले वचाएको नेकपा (एकीकृत समाजवादी) का नेताहरुले दावी गरेका छन । नगर पार्टी कार्यालयको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी पार्टीका सर्लाही इन्चार्ज लक्ष्मण पौडेलले पुर्व प्रधानमन्त्री ओलीले दुई पटक संसद विघटन पारेर मुर्छा पारेको संविधानलाई सर्वोच्च अदालतको फैसला र आफूहरुको आन्दोलनले व्यँुताएको दाबी गर्नु भयो । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको नेतृत्वमा देशको संविधान र व्यवस्था बचेकाले सबैलाई यही पार्टीमा गोलवन्द हुन पनि उहाँले आग्रह गर्नु भयो ।
पार्टीका नगर कमिटीका अध्यक्ष चूडामणि वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी नेताहरु तथा प्रदेश सभा सदस्य वेची लुंगेली, पार्टीका नेता सुरेन्द्र लामा, गोविन्द अधिकारी, उत्तर मैनाली, जय गोले लगायतले नेकपा (एमाले)को नेतृत्व उल्टो दिशा तर्फ चलेकोले पार्टीबाट बिद्रोह गर्नु परेको बताएका नेकपा(एकिकृत समाजवादी) हरिवन नगर कमिटिका सचिव किशोर मिक्चनले बताउनु भयो ।
यसैविच आज(आईतबार)नै नेकपा (एकिकृत समाजवादी)मा आवद्ध नगरपालिकाका जनप्रतिनिधिको भेलाले नगर संसदीय दल समेत चयन गरेको छ । वडा नम्वर ५ का अध्यक्ष नागेन्द्र कुमार साहको संयोजकत्वमा वडा नम्वर ४ का अध्यक्ष धन वहादुर वाईवा सह–संयोजक र वोर्ड सदस्य लिली घिसिङ प्रवक्ता रहेको संसदीय दल गठन गरिएको नगर अध्यक्ष वाग्लेले जानकारी दिनु भयो । हरिवन नगरपालिकाका १६ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी राजेका छन् ।