सर्लाहीको हरिवन नगरयालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई सासापुर स्वास्थ्य चाैकीले स्वागत तथा सम्मान गरेकाे छ ।
स्थानिय निकायकाे निर्वाचन २०७९ बैशाख ३० बाट निर्वाचित हुनु भएका हरिवन नगरपालिकाका नगर प्रमुख,उप प्रमुखका साथै वडा अध्यक्षहरुलाई हरिवन नगरपालिका ४ मा रहेकाे सासपुर स्वास्थ्य चाैकीले स्वागत तथा सम्मान गरेकाे हाे ।
सासापुर स्वास्थ्य चाैकी सञ्चालन तथा व्यावस्थापन समितिकाे आयाेजनामा स्वास्थ्य चाैकीकाे सभा हलमा भएको स्वागत तथा सम्मान कार्यक्रममा नगर प्रमुख रमेश कुमार बुढाथाेकी( कमल),उप प्रमुख हरिमाया घलान,हरिवन ४ का वडा अध्यक्ष केशब राजथापा,हरिवन ५ का वडा अध्यक्ष नागेन्द्र कुमार साह,हरिवन २ का वडा अध्यक्ष अर्जुन याेन्जन,हरिवन ८ का वडा अध्यक्ष प्रज्वल ढुंगाना,१० का वडा अध्यक्ष शम्भु मैनाली,हरिवन ११ का शेष मेहबुब रेजा,लगायत नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान वडा अध्यक्षहरुकाे उपस्थितिमा कार्यक्रम गरिएको स्वास्थ्य चाैकी प्रमुख श्यामबाबु कुशवाहले जानकारी दिनुभयाे ।
स्वागत तथा सम्मान कार्यक्रममा नगर प्रमुख बुढाथोकीले सामुदायिक स्वास्थ्य संस्थाहरुमा विरामीहरुकाे आकर्षण बढाउनुप पर्ने बताउनु भयाे । उहाँले सामुदायिक स्वास्थ्य संस्थाहरुमा भएका सेवा प्रवाह,साधनहरु र जनशक्तिहरुकाे प्रयाेग गरि सेवालिन आउनु भएका सेवाग्राहीहरुलाई वर्ग र लिङ्गकाे आधारमा नभएर समान रुपमा सेवा प्रवाह गर्न निर्देशन दिनुभयाे ।
कर्माचारीहरु ईमानदार भएर सेवाग्राहीहरुकाे मन जिते सरकारी स्वास्थ्य संस्थाहरुमा विरामीकाे चाप बढ्ने नगर प्रमुख बुढाथोकीले बताउनु भयाे । उहाँले सरकारी स्वास्थ्य सेवा सुधार्न नगरले गर्ने सबै प्रकारका सहयाेग गरिने बताउनु भयाे ।