कानुन कार्यान्वयन र सरकारी आचरणको पालना गराउन जिम्मेवार निकायकै कर्मचारीहरूले सरकारी सवारीसाधनको दुरुपयोग गरेको घटना सार्वजनिक भएको छ।जिल्ला सरकारी वकिल कार्यालय रामेछापमा कार्यरत सुब्बा समिम खानले बा २ ब १९९७ नम्बरको सरकारी मोटरसाईकल सार्वजनिक बिदाको दिन लिएर भारतीय बजारमा किनमेल तथा व्यक्तिगत काममा गएको भेटिएपछि सरकारी सम्पत्तिको दुरुपयोग बारे प्रश्न उठेको हो ।
जिल्ला प्रशासन कार्यालय रामेछापको जेठ १४ गतेदेखि १७ गते सम्मको सवारी पास बनाएर सरकारी सवारीसाधन लिएर सर्लाहीको चक्रघट्टा घर आएका जिल्ला सरकारी वकिलको कार्यालय रामेछापमा कार्यरत सुब्बा खान भारतको भुतिहीमा आफ्नी दिदीको घर गएर फर्किदा सर्लाही भन्सार कार्यालय अगाडि कमलामाई मिडिया प्रा.लिको टिमले भेटेपछि कानुनी निकायबाटै कानुनको धज्जी उठेको रहस्य फेला परेको हो ।
कार्यालय तथा सरकारी प्रयोजनका लागि उपलब्ध गराइएको सरकारी सवारीसाधन निजी काममा प्रयोग मात्रै गरिएन कि भारतको भुतिहीमा समेत पुर्याईयो।जहाँ ती सुब्बा खानकी दिदी बस्छीन।त्यहाँबाट उनी फर्किएपछि हाम्रो टिमले फोटो खिच्यो।र सोधी खोजी गर्दा उनी जिल्ला सरकारी वकिलको कार्यालय रामेछापमा कार्यरत सुब्बा खान रहेको प्रष्ट भयो ।
सो सम्बन्धमा जिल्ला सरकारी वकिलको कार्यालय रामेछापमा कार्यरत सुब्बा खानलाई सोध्दा उनले आफने कमिकमजोरी भएको स्वीकार गरे ।भने
नेपाल सरकारको नियमअनुसार सरकारी सवारीसाधन कार्यालय प्रयोजन वाहेक व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न पाइँदैन।अझ सरकारी सवारीसाधन लिएर विदेशी बजारमा जानु आचरण विपरीत भएको जानकारहरु बताउँछन्।तर कानुन पालना गराउनुपर्ने कार्यालयकै कर्मचारीबाट यस्तो गतिविधि हुनु विडम्बनापूर्ण छ ।
यता,जिल्ला सरकारी वकिल कायाृलय रामेछापका सहायक जिल्ला न्यायाधिवक्ता एवम सुचना अधिकारी शान्ती प्रसाद बरालले “सो विषयमा आफुलाई जानकारी नभएको र आफुले बुझ्ने बताए।साथै उनले यस विषयलाई समाचार(इसु) नबर्ना दिन र ती सुब्ब खानलाई आन्तरीक रुपमा के कार्बाही गर्नु पर्छ म गर्छु ।बताए ।”
सरकारी कर्मचारीहरूको यस्तो व्यवहारले राज्यप्रतिको विश्वास कमजोर बनाउने स्थानीय नागरिक बताउँछन्।“सामान्य नागरिकले सानो गल्ती गर्दा कारबाही हुन्छ,तर सरकारी कर्मचारीले खुलेआम सरकारी सवारीसाधन दुरुपयोग गर्दा पनि कसैले बोल्दैन,”एक स्थानीयले गुनासो गरे ।सीमावर्ती जिल्लामा सरकारी सवारीसाधनको दुरुपयोग नयाँ विषय होइन।विभिन्न कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरू सरकारी सवारीसाधन लिएर सार्वजनिक बिदाको दिन निजी भ्रमण,पारिवारिक काम तथा किनमेलमा जाने गरेका धेरै तथ्यहरु फेला गर्ने गरेका र अधिकांश घटना प्रभाव र पहुँचका आधारमा विषय सामसुम हुने गरेको सर्वसाधारणको आरोप छ ।
सुशासन तथा पारदर्शिताका पक्षमा काम गर्ने नागरिक अगुवाहरूले सरकारी सम्पत्तिको दुरुपयोग रोक्न कडा अनुगमन आवश्यक रहेको बताए पनि नियमनकारी निकायहरु मौन बस्दा त्यो कार्यनयन हुन सकेको छैन।“सरकारी स्रोतसाधन जनताको करबाट चल्ने भएकाले यसको दुरुपयोग कुनै हालतमा स्वीकार्य नहुने” एक अधिकारकर्मीले बताए ।सरकारी कर्मचारी सम्बन्धि आचरण तथा नियमावलीमा सरकारी सम्पत्तिको संरक्षण र सदुपयोग गर्नुपर्ने स्पष्ट व्यवस्था छ।नियम उल्लंघन गर्ने कर्मचारीलाई विभागीय कारबाहीदेखि आर्थिक दण्डसम्मको व्यवस्था भए पनि कार्यान्वयन फितलो हुँदा यस्ता घटना दोहोरिने गरेका छन् ।