सर्लाहीको २ ठाउंबाट फरक फरक मुद्धामा २ जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-५-१९ गते   २६२ पटक हेरिएको

सर्लाहीको हरिवनबाट साईबर ब्युरोको टोलीले एकजनालाई नियन्त्रणमा लिएको छ । हरिवन नगरपालिका १० का अन्दाजी ३२ वर्षिय मेघराज खड्कालाई विधुतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
त्यस्तै सर्लाहीको हरिपुर नगरपालिका  ५ मुजुर्वाका जवरजस्ती करणी मुद्धाका फरार प्रतिवादी अन्दाजी वर्ष ७० का सफी महमद उर्फ सफी अहमदलाई  नियन्त्रणमा लिएको छ । सफीलाई 
जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतबाट ९ बर्ष ११ महिना २८ दिन कैद फैसला भएको थियो त्यस लगतै उनी फरार भएका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech