नेकपाको विरोधपछि एमसीसी परियोजना स्थागित,

390 Shares

नेपाल कम्युनिस्ट पार्टीको चर्को विरोधका कारण अमेरिकी सहयोग परियोजना(एमसीसी)स्थगित भएको छ।एमसीसीको मुख्यालयले फागुन २ गते अर्थमन्त्रालयलाई पठाएको पत्रअनुसार एमसीसी परियोजना स्थगित भएको पाइएको हो ।यो सूचनासँगै एमसीसी परियोजनाको लागत बढ्ने,समयसीमा बढ्ने भएकाले पूर्व सम्झौता कार्यान्वयन हुन नसक्ने भन्दै नयाँ शिराबाट बहस गर्नुपर्ने नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम मधेश प्रदेश इन्चार्ज अनिल शर्मा (विरही)ले बताए।उनले अमेरिकाले एकलौटी सम्झौता रद्द गरेर नेपालको कमजोर कुटनीतिको पर्दाफास गरेकोले एमसीसीबारे नयाँ शिराबाट बहस हुनुपर्ने बताए ।
एमसीसी पक्षधरहरूले परियोजना स्थगित नहुने दाबि गरिरहेको बेला अमेरिकाले एकतर्फी रुपमा काम–कारवाही रोकेको पाइएको छ।एमसीसी परियोजना स्थगित भएपछि नेपालको एकतर्फी खर्च भएको रकमको क्षतिपूर्ति कसले गर्ने भन्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम मधेश प्रदेश इन्चार्ज विरहीले चिन्ता व्यक्त गरे।उनले एमसीसी परियोजना स्थगित भएपछि नेपालमा पुर्याएको क्षति र अपरिपक्क सम्झौताको दोष एमसीसी पक्षधरहरुले लिनुपर्ने बताए ।

सम्बन्धित समाचार