सवारी चालकसंग बाटैमा रकम असुलेका अस्थायी ट्राफिक प्रहरी पोष्ट कर्मैयाका प्रहरी जवान सहित रौतहटका एक प्रहरी जवान निलम्बीत भएका छन् । पुर्व पश्चीम राजमार्ग स्थित बागमती नगरपालिका ११ कर्मैयामा सवारी चालकसंग रु एक सय रकम लिएका अस्थायी ट्राफिक प्रहरी पोष्ट कर्मैयाका प्रहरी जवान विकास कलवार र रौतहटको प्रहरी चौकी हर्षाहामा कार्यरत प्रहरी जवान सुनिलकुमार यादव निलम्बीत भएका हुन ।
राजमार्गमा सवारी चालकसंग रकम लिएको भिडियो सामाजिक सञ्जालहरुमा भाईरल भएपछि उनीहरु दुवै जनालाई निलम्बन गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
राजमार्गमा ड्युटीमा रहेका प्रहरी जवानले चालकसंग अवैध रकम लिएको भिडियो समाजिक सञ्जालमा आएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा अस्थायी ट्राफिक प्रहरी पोष्ट कर्मैयाका प्रहरी जवान कलवार र रौतहटको प्रहरी चौकी हर्षाहामा कार्यरत प्रहरी जवान यादवलाई निलम्बन गरिएको प्रहरी प्रधान काार्यलयले जनाएको छ ।
प्रहरी महानिरीक्षक(आईजिपी) बसन्त कुँवरले दुवै प्रहरी जवानलाई रकम लिएको आरोपमा निलम्बन गरेको बताएका हुन ।उनले ‘संगठनको आचरण विरुद्धका गतिविधिहरु गरे जो कोहीलाई कारबाही हुने’ बताए । उनले भने, ‘दुवै प्रहरी जवानले अनैतिक ढंगले संगठनको मर्यादा विपरीत चालकसंग रकम लिएको बारे अनुसन्धान गर्न निर्देशन समेत दिएको बताए ।’सवारी चालक रौतहटका सिकन्दर पटेलसंग अस्थायी ट्राफिक प्रहरी पोष्ट कर्मैयाका प्रहरी जवान कलवार र प्रहरी चौकी हर्षाहका प्रहर िजवान यादवले एक÷एक सय लिएको भिडियोमा प्रष्ट देखिएको छ ।
दुवै प्रहरीले आफूलाई मालसमान बोकेर जाँदा धेरै दुख दिएका कारण रकम दिएको चालक पटेलले बताएका छन् । ‘मैले जरिवाना काटनुस् भन्दा पनि नमान्ने,’उनले भने, ‘गाडी रोकेर दुख दिनसम्म दिए पछि बाध्य भएर प्रमाणको लागि भिडियो बनाएको हुँ ।’ उनले रौतहटको हर्षाहा,गरुडा र सुकदेव चोकमा प्रहरीले रोकेर दुःख दिने र रकम माग्ने गरेको बताए । इलाका प्रहरी कार्यालय गंगा पिप्रामा दरबन्दी भएका प्रहरी जवान यादवलाई निलम्बन गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरिक्षक वीरबहादुर बुढामगरले बताए ।
यता,अस्थायी ट्राफिक प्रहर िपोष्ट कर्मैयामा कार्यरत प्रहरी जवान कलवारलाई पनि निलम्बन गरि आवश्यक अनुसनधान सुरु गरिएको नेपाल प्रहरी रानमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया मधभेश प्रदेशका प्रमुख प्रहरी उपरिक्षक सन्तोष भट्टराईले जानकारी दिए ।