Close This

सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य रायले पाए कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-२२ गते   २६ पटक हेरिएको

सर्लाही क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य महेन्द्र राय यादव नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्री चयन हुनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिए पछि थपिएका मन्त्तीहरुमा राय कृषि तथा पशुपन्छी विकास मन्त्री चयन हुनु भएको हो ।
सत्ता गठबन्धमा आबद्ध चार राजनैतिक दललाई समेटेर प्रधानमन्त्री देउवाले मन्त्री परिषद्लाई पूर्णता दिनु भएको हो । राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद पुनः गठन तथा जिम्मेवारी हेरफेर भएको जानकारी गराएको थियो । देउवाको नेतृत्वमा असार २९ गते नेपालव सरकार गठन भएको थियो । 
समाजिक संजालहरुमा सर्लाही क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रमोद साहलाई कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त गरिएको भनि प्रचार बाजी भएको र बधाईको ओईरो लागेपनि क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य यादवले कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारी दिईएको नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech