मधेशको वन अतिक्रमण नक्शांकन विषयक तालिम

358 Shares

मधेश प्रदेशका आठै जिल्लामा “प्रदेश स्तरीय वन अतिक्रमण नक्शांकन”सम्बन्धी तालिम सुरु भएको छ।मधेश प्रदेश वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र सागरनाथ सर्लाहीको आयोजनामा मधेश प्रदेशका आठै जिल्लाहरुबाट वन अधिकृत तथा फरेस्टरहरू गरी २० जनालाई“प्रदेश स्तरीय वन अतिक्रमण नक्शांकन”सम्बन्धी १० दिने तालिम सुरु भएको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र सागरनाथ सर्लाहीका प्रमुुख सुजीत कुमार झाले जानकारी दिए ।
उनका अनुसार सर्लाही वन प्राविधिक समाजद्वारा आयोजित तालिममा मधेश प्रदेश अन्तर्गतका आठै जिल्लाका स्थानीय तहहरुबाट जिल्लाहरुबाट वन अधिकृत तथा फरेस्टरहरू गरी २० जना सहभागि भएका आयोजकले जनाएको छ।तालिमले वन अतिक्रमणका समस्या पहिचान र समाधानमा प्रभावकारी कदम चाल्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । 
मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा करिव २० हजार हेक्टर क्षेत्रमा वन जंगल सहित सार्वजनिक भूभाग अतिक्रमण भएको जानकारहरु बताउँछन्।यस प्रकारका तालिमहरुले वन अतिक्रमण न्यूनिकरणमा निकै टेवा पुग्ने अपेक्षा गरिएको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र सागरनाथ सर्लाहीका प्रमुुख झाले बताए।झाको अध्यक्षतामा भएको कार्यक्रमका जिल्ला समन्यन समिति सर्लाहीका उप प्रमुख जितेन्द्र कुशवाहाको प्रमुख आतिथ्यता रहेको थियो । 

सम्बन्धित समाचार