विष्णु गाउँपालिका २ मा मानव कंकाल भेटियो

379 Shares

सर्लाहीको विष्णु गाउँपालिका २  स्थित नदीया पकडीमा मानव कंकाल भेटिएको छ।विष्णु गाउँपालिका २  स्थित नदीया पकडीमा स्यालले खनेर निकालेको अवस्थामा मानव कंकाल भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार विष्णु गाउँपालिका २  स्थित नदीया पकडीमा स्थित स्थानीय दिनेश राय यादवको उखु बारीमा भेटिएको मानव कंकालबारे अनुसन्धान सुरु भएको छ ।उखुबारीमा खाल्डो खनेर कपडाले बेरेर गाडेको अवस्थामा सो मानव कंकाल स्यालले खोस्रेर निकालेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कंकाल परीक्षणका लागि अस्पतालमा राखिएको छ ।
पछिल्लो समयमा अपराधिक क्रियाकलापहरु बढी रहेका भएपनि के कारणले अपारधिक क्रियाकलापहरु बढी रहेका छन् भन्ने विषयमा सरोकारवालाको ध्यान नगएको जानकारहरु बताउँछन् ।नेपाल भारत खुल्ला सिमाना,भारतिय नम्बरका सवारी साधनहरुको सहज आवत जावत अपराधिक घटना वृद्धीको एउटा कारण भएको उनीहरुको भनाई छ ।

सम्बन्धित समाचार