सर्लाहीको लालबन्दी नगरपालिका ८ बाट प्रहरीले लागु औषधगाँजा नियन्त्रणमा लिएको छ । लालबन्दी नगरपालिका ८ बाट ५ किलो लागु औषध गाँजा र एउटा मोटरसाईकल नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक नारायण थापाले जानकारी दिनु भयो।
असोज ३ गते साँझमा प्रहरीको गस्ती टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा लालबन्दी नगरपालिका ८ बाट लालबन्दी नगरपालिका १४ का अन्दाजी वर्ष १९ का विश्राम गोलेले चलाएको ना २२ प ९०१९ नम्बरको मोटरसाईललाई चेकजाँच गर्दा मोटरसाईकलमा बोरामा ल्याएको लागु औषध गाँजा, मोटरसाईकल र मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरी निरिक्षक थापाले जानकारी दिनु भयो ।
प्रहरीलाई देखेपछि मोटरसाईकलमा सवार गोले मोटरसाईकल छोडेर भाग्न खोज्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।