Close This

अपहरणमा परेको कार करिब डेढ महिनापछि वेवारिसे अवस्थामा फेला

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-८ गते   ३०७ पटक हेरिएको

शंखर पहाडी(गौरब)


सर्लाहीको बरहथवा नगरपालिका ५ बाट पुस २४ गते अपहरणमा परेको कार बेवारिसे अवस्थामा फेला परेको छ । बरहथवा नगरपालिका ५ स्थित नेपाल बंैक अगाडिबाट पुस २४ आईतबार दिउँसो करिब डेढ बजे अपहरणमा परेको नेपाली नम्बर प्लेटको कार सोमबार छिमेकी देश भारतको सोनवर्षमा वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
भक्तपुर को ठिमी चोक बाट सर्लाहीको बरथवा  नगरपालिका ११ दियर का लागि आएको बागमती प्रदेश ०३ ००१ च ०८४९ नम्बरको कार बरहथवा नगरपालिका ५ स्थित बजारबाट अपरिचित युवाहरुको समुहले अपहरण गरेका थिए । बाराको क्षेत्र नम्बर १ प्रदेश सभा (क)का स्वतन्त्र तर्फका उम्मेदवार निजगढ नगरपालिका १२ कोलगाउँका रमण घिमिरे सवार कार घिमिरे चिया खान ओर्लिएको अवस्थामा अपहरणमा परेको थियो । 
कारमा रामेछापको दोरम्भा गाउँपालिका ६ का सुभाष तिवारी र जिल्लाको बरहथवा नगरपालिका १२ का राम जि ठाकुर भक्तपुरठिमीबाट सर्लाहीसंगै आएका थिए । बरहथवा नगरपालिका ५ स्थित नेपाल बैक अगाडी आफुहरु चिया खान ओर्लीएको र कारमा चालक तथा कारधनी कृष्ण कुमार गुरुङ कार मै रहेको समयमा बरहथवा नगरपालिका १२ पुरैनीयाका राम जि ठाकुरले अरु मानिसहरु पनि लिएर आउँछु भन्दै कार लिएर गएको केही समय पछिबाट कारका चालक सम्पर्क बिहीन भएका थिए । 
बरहथवा नगरपालिका १२ का ठाकुर,बरहथवा नगरपालिका ११ का खुसीलाल मुखिया र  रामदेब रायले संयुक्त रुपमा गोडैतामा इट्टा भट्टा सञ्चालन गरेका र रायले मेघा बैकबाट ऋिण लगानी लिएका थिए । पछि ऋण तिर्न नसकेपछि बैँकले घरजग्गा लिमाली गर्न लागेपछि रामेछापको दोरम्भा गाउँपालिका ६ का तिवारीलाई  आफ्नो घर जग्गा बेचीदिन र बैँकको ऋण चुक्ता गरिदिन भनेका थिए । सोही क्रममा  जग्गा हेर्न आएका तिवारी र आफु  सवार कार ठाकुरले अपहरण गरेका घिमिरेले बताए ।
रामेछापको दोरम्भा गाउँपालिका ६ का तिवारीले ऋण कसरी तिर्ने भनी रायलाई भेट्न आउँदै गर्दा कर अपहरणमा परेको भन्दै ईलाका प्रहरी कार्यालय बरहथवामा पुस २४ गते नै उजुरी समेत दिएका थिए ।
तिवारीका अनुसार रायको बैकलाई रु २७ लाख ५० हजार दिनु पर्ने र बैकको ऋण तिर्न सल्लाह गर्न आफ्नो दाजु पर्ने घिमिरे र आफु आएको समयमा कार अपहरणमा परेको हो ।
भट्टा पाटनर ठाकुरले मेरो पनि हिसाब रायसंग छ,म मिलाउछु भनी  भक्तपुरठिमी चोक नजिकै  आफ्नो फर्निचरबाट तिवारीलाई लिएर आएका थिए तर,घिमिरेको भनाइ अनुसार ठाकुरको योजना फरक रहेछ । रायले मलाइ ऋणबाट मुक्त गरिदिए हुन्थ्यो भनेका र ठाकुरसंग भक्तपुर मै चिनजान भएकाले उनिलाई पनि लिएर आएको तर उनै ठाकुरले आफुहरु सवार भाडामा ल्याएको कार अपहरण गरेका तिवारीले बताए ।
अपहरणमा परेको बागमती प्रदेश ०३ ००१ च ०८४९ नम्बरको कारका धनी तथा चालक गुरुङलाई अपरिचित स्थानमा लगेर लुटपाट गरि कुटपिट गरि गुरुङ भागेपछि कार लिएर ठाकुर सहितको टोली फरार भएको र पछि फिरौती रकम समेत माग गरेको घिमिरेले बताए ।उनले कार अपहरण पछि विभिन्न फोन नम्बरहरुबाट ठाकुरले फोन गरि विभिन्न स्थानमा फिरौती रकम लिएर आउन भनेका थिए । प्रहरीले वेवारिसे अवस्थामा फेला परेको  कार जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech