सर्लाहीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने तीन जना घाईते भएका छन् ।जिल्लाको बागमती नगरपालिका ८ राजघाटबाट सोल्टी तर्फ जाने र हरिवनबाट समनपुर तर्फ जाने क्रममा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किदा एकजनाको ज्यान गएको र अरु तीन जना घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार बागमती नगरपालिका ८ स्थित राजघाटबाट सोल्टी तर्फ आँउदै गरेको बा ३० प ९४०७ नम्बरको मोटरसाईकल र हरिवनबाट समनपुरतर्फ जाँदै गरेको ना ५९ प ५१७७ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा बा ३० प ९४०७ नम्बरको मोटरसाईकलका चालक बागमती नगरपालिका ८ स्थित शंकरपुरका अन्दाजी वर्ष ५० का गणेश कुमार काकी गंभिरघाईते भएका र उपचारको लागि हरिवनमा रहेको एक नीजि अस्पतालमा ल्याउँदा चिकित्सकले उनको ज्यान गएको घोषणा गरेका हुन ।
त्यस्तै ना ५९ प ५१७७ नम्बरको मोटरसाईकलका चालक हरिवन नगरपालिका १ बस्ने अन्दाजी वर्ष ३२ का मुकेश कुमार साह,सोही मोटरसाईकलमा सवार गणेशकी श्रीमती अन्दाजी वर्ष २६ की शान्ता कुमारी साह र छोरी अन्दाजी वर्ष ३ की प्रिया कुमारी घाईते भएका प्रहरीले जनाएको छ ।