Close This

हत्या अभियोगमा जेलमा रहेका आलमको नाम रौतहट २ बाट प्रतिनिधिसभाका लागि सर्वसम्मत घोषणा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-१६ गते   ३१० पटक हेरिएको

रौतहटको इँटाभट्टामा जिउँदै व्यक्तिहरुलाई जलाएर हत्या गर्ने नेपाली कांग्रेसका नेता प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् । नेपाली कांग्रेस रौतहटले जिउँदै व्यक्तिहरुलाई जलाएर हत्या गर्ने मोहम्मद अफताब आलमलाई प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस गरेको छ ।
इँटाभट्टामा जिउँदै व्यक्तिहरुलाई जलाएर हत्या गर्ने नेता आलम हत्या गरेको अभियोगमा पुर्पक्षको लागि जेलमा रहेका छन् । बिहिवार कांग्रेसको रौतहट क्षेत्र नम्बर २ को क्षेत्रीय कार्य समितिको बैठकले पूर्वमन्त्री आलमको नाम एकल रुपमा सिफारिस गरेको हो । केन्द्रको निर्देशनअनुसार औपचारिकताका लागि महिलाबाट अन्जु झाको नाम सिफारिस भएको नेपाली कांग्रेस रौतहटले जनाएको छ ।
आलममाथि २०६४ सालको चुनावमा विष्फोटक पदार्थ बनाउने क्रममा घाइते भएका आफ्ना कार्यकर्ता तथा भाडामा भारतबाट ल्याएका व्यक्तिलाई पोल खुल्ने डरले भट्टामा हालेर जिउँदै जलाएको अभियोगमा मुद्दा चलिरहेको छ । उनि अहिले हत्या गरेको अभियोगमा पुर्पक्षको लागि जेलमा रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech