सामुदायिक विद्यालयको पठ्न पाठन अन्यौलमा,निजीलाई भर्ना गर्न भ्याइ नभ्याइ

319 Shares

शिक्षक आन्दोलनका कारण सर्लाहीका सामुदायिक विद्यालय चालु शैक्षिक शत्रको हाल सम्मपनि सञ्चालनमा आउन सकेका छैनन् । शिक्षा ऐन २०२८ को विकल्पमा नयाँ शिक्षा ऐनको माग राख्दै जिल्लाका सामुदायिक विद्यालयहरुका शिक्षकहरु आन्दोलनमा होमिएका कारण जिल्लाका सामुदायिक विद्यालयहरुको पठ्न पाठ्न बन्द भएको भएपनि संस्थागत विद्यालयलाई भने विद्यार्थी भर्ना गर्न भ्याइ नभ्याइ भएको छ ।

1.jpg
निजी विद्यालयले धमाधम विद्यार्थी भर्ना लिएर शैक्षिक सत्र,२०८२ को पठनपाठन सुरु गरिसकेका भएपनि सामुदायिक विद्यालयहरु कहिलेबाट सञ्चालनमा आउने भन्ने अन्यौलता कायमै रहेको छ ।धमाधम विद्यार्थी भर्ना लिएर पठनपाठन सुरु गर्नुपर्ने समयमा सामुदायिक विद्यालय सुनसान देखिएका छन् ।संघीय शिक्षा ऐनलाई बटमलाइन बनाएर देशभरका शिक्षकहरु संघीय राजधानी काठमाठौंमा आन्दोलन गरिरहँदा सामुदायिक विद्यालयका गेटहरुमा ताल्चा झुण्डीएका छन् ।

2.jpg
लामो समयदेखि विद्यालय बन्द रहँदा गरिब तथा अतिविपन्न समुदायमा बढी प्रभाव परेको छ ।पिछडिएको मुसहर,डोम,चमारसहित अतिविपन्न एवम दलित समुुदाय,जसको निजी विद्यालयमा बालबालिका पढाउने क्षमता छैन उनीहरु सामुदायिक विद्यालय नखुल्दा सबैभन्दा बढी मारमा परेका छन् ।

3.jpg
अघिल्ला वर्षहरुको यो समयमा सामुदायिक विद्यालयका शिक्षक,व्यवस्थापन समितिका पदाधिकारी र जनप्रतिनिधिहरु लगायत विद्यार्थी भर्ना अभियान लिएर घरदैलोमै पुुग्थे। यो वर्ष शिक्षक आन्दोलनले विद्यार्थी भर्नाको घरदैलो अभियान पनि हुन सकेको छैन् ।
घरमै रहेका शिक्षक विद्यार्थी भर्ना,पठनपाठनलागयत कुनै पनि गतिविधि नगर्नु भन्ने शिक्षक महासंघको निर्देशन रहेकाले घरधन्दा तथा खेतबारीको काम गरेर बसिरहेका छन् ।

4.jpg
सरकारले तत्काल शिक्षकसँग वार्ता गरेर सामुदायिक विद्यालय खुलाउने वातावरण सिर्जना नगरे अनेक प्रयासबाट सुधार गर्दै ल्याइरहेको सामुदायिक विद्यालयको अवस्था थप बिग्रन सक्ने बागमती नगरपालिकाका कार्यवाहक नगर प्रमुख कृष्ण कुमार लामाले बताए ।शिक्षकको आन्दोलन लम्बिँदै जाँदा सामुदायिक विद्यालयमा अध्ययन गर्दै आइरहेका विद्यार्थी निजी विद्यालयमा भर्ना हुने र सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या अझ घट्न सक्ने उनको चिन्ता छ ।
निजी विद्यालयका विद्यार्थी धमाधम पढ्न गइरहेका छन् भने सामुदायिक विद्यालयका विद्यार्थी खेलेर बसिरहेका देखिन्छ।कतिपय स्थानीय तहहरुले सूचना जारी गर्दै बालबालिकाको भविष्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई नरहेको भन्दै तत्काल विद्यालय खुलाउने वातावरण मिलाउन अपिल गरि रहेका छन् ।
नेपालमा विद्यालय कति छन् ?
अहिले मुलुकभर सार्वजनिक र निजी लगानीका गरी  ३५ हजार ५५ वटा विद्यालय सञ्चालनमा छन्। अभिभावकको लगानी परिचालन गरी निजी क्षेत्रले नेपालको विद्यालय शिक्षामा करिब २३ प्रतिशत विद्यार्थीलाई सेवा प्रवाह गरिरहेको छ ।नेपालको शिक्षा क्षेत्रमा विगतमा भएको लगानी र शैक्षिक पूर्वाधारको विकासबाट उल्लेखनीय उपलब्धि प्राप्त हुन थालेको छ ।पूर्वप्राथमिक शिक्षामा कूल भर्नादर ८४ दशमलव ७ पुगेको छ भने प्रारम्भिक बाल विकासको अनुभवसहित कक्षा १ मा भर्ना हुने बालबालिको प्रतिशत ६६ दशमलव नौ पुगेको राष्ट्रिय योजना आयोगको तथ्यांकमा उल्लेख छ । 
आयोगका अनुसार, प्राथमिक तह कक्षा १ देखि ५,आधारभूत तह कक्षा १ देखि ८ माध्यमिक तह कक्षा ८ देखि १२ को खुद भर्नादर क्रमशः९६ दशमलव ९ प्रतिशत ९२ दशमलव ७ प्रतिशत र ४६ दशमलव ४ प्रतिशत पुगेको छ । कक्षा ५ र कक्षा ८ सम्मको टिकाउ दर क्रमशः ८९ दशमलव ६ प्रतिशत र ७७ दशमलव ९ प्रतिशत रहेका जानकारी दिइएको छ।आधारभूत तथा माध्यमिक तहमा ७२ लाख १४ हजार ५२५ विद्यार्थी भर्ना भई अध्ययन गरिरहेको पनि आयोगले जनाएको छ।प्रारम्भिक बाल विकास शिक्षामा नौ लाख ७४ बालबालिका अध्ययनरत रहेका छन्।लैङ्गिक समता सूचकाङ्क आधारभूत तह र माध्यमिक तहमा क्रमशः शुन्य दशमलव ९८ र १ दशमलव ०१ रहेको आयोगले जनाएको छ।विद्यालय दोेहो¥याउने कक्षा १ देखि ५ सम्म आधारभूत तहमा ३ दशमलव ८ र कक्षा ६ देखि ८ सम्म ४ दशमलव ४ तथा कक्षा ९ र १० को माध्यमिक तहमा ३ दशमलव ७ मा झरेको छ ।
वि.सं २०६८ को जनगणनामा १५ वर्षमाथिको जनसङख्याको साक्षरता ५८ प्रतिशत रहेकोमा आव २०७४र०७५ मा १५ देखि २४ वर्ष उमेर समूहको साक्षरता ८८ दशमलव ६ प्रतिशत पुगेको छ।हालसम्म ५१ जिल्ला सक्षर घोषणा भइसकेका आयोगद्वारा प्रकाशित प्रमुख आर्थिक सूचकको प्रयोग विधि पुस्तकमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार