प्रदेश प्रमुख डा.झाद्धारा घिसिङको घरमै पुगेर सम्मान

3.6k Shares

प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा.राजेश झा (अहिराज¬)ले बुधबार सर्लाहीको हरिवन नगरपालिका–१, अत्रौलीका समाजसेवी टमबहादुर घिसिङलाई सम्मान गर्नु भएको छ । 
ग्रामीण क्षेत्रमा बसेर विकास निर्माण लगायत अन्य सामाजिक क्षेत्रमा व्यक्तिगत हिसाबले स्वतस्फुर्त रुपमा अत्यन्त सकृय बनेको भन्दै प्रदेश प्रमुख झाले घिसिङलाई उहाँको घरमै पुगेर माला र दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो । प्रमुख डा.झाले घिसिङको घरमा नै पुगेर विकटता एवम काम गराईका क्रममा भोग्नु परेका चुनौती लगायतका बारेमा छलफल समेत भएको थियो ।
 त्यस्तै प्रदेश प्रमुख झाले घिसिङकै नेतृत्वमा अत्रौली लगायत चुरे क्षेत्रमा खानेपानी वितरणको अवस्था एवम खानेपानी आयोजनाको निरीक्षण समेत गर्नु भएको छ । निस्वार्थ भावनाका साथ स्वतस्फुर्त निरन्तर समाजसेवामा लागिरहने नेपालको एक असल नागरिकको रुपमा आफूले सम्मान गरेको उल्लेख गर्दै प्रदेश प्रमुख डा.झाले घिसिङलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
नेपाली सेनाबाट २०५२ सालमा अवकाश पाएका घिसिङको नेतृत्वमा अत्रौली, विलन्दी, सखुबनी लगायत चुरे क्षेत्रका बासिन्दालाई खानेपानी, बिजुली, पुल पुलेसा लगायत सेवा सुविधा क्रमशः प्राप्त हुँदै गएको स्थानीय बासिले बताएका छन् । रामअवतार मावि व्यवस्थापन समितिको अध्यक्षको रुपमा समेत रहनु भएका घिसिङले उक्त विद्यालयमा निकै सुधार गरेको स्थानीयले बताएका छन् ।
कोही सहयोगको आश गरेका दिन दुःखी देख्ने वितिकै घिसिङ अत्यन्त उत्साहित हुँदै सेवामा लाग्ने गर्नु भएको थियो । नेपाली कांग्रेसका जिल्ला सदस्य समेत रहेका घिसिङको सकृयतामा चापिनीबाट पटौना हुँदै अत्रौली जोड्ने पुल समेत निर्माण भईसकेको छ । कांग्रेसमा क्रियाशिल भएपनि घिसिङ अन्य जुनसुकै पार्टीमा मतदान गर्ने सर्बसाधारणलाई समेत आपत विपतमा सहयोग गर्न अगाडी गरिहाल्ने गरेको स्थानीय बासिले बताउका छन् ।

सम्बन्धित समाचार