बागमतीका शिक्षकहरुलाई ह्यान्ड राइटिङ ट्रेनिङ सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-२४ गते   १४९८ पटक हेरिएको

दुर्गा कुमारी अधिकारी
सर्लाहीको बागमती नगरपालिका भित्रका सामुदायिक विद्यालयका करिब दुई सय जना शिक्षक,शिक्षीकाहरुको ह्यान्ड राइटिङ ट्रेनिङ सुरु भएको छ । बागमती नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुका करिब दुई सय जना शिक्षक,शिक्षीकाहरुलाई आज(आईतबार)बाट एक हप्ते ह्यान्ड राइटिङ ट्रेनिङ सुरु भएको बागमती नगरपालिकाको शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए ।


असार २४ गते आईतबार(आज)बाट सुरु भएको एक हप्ते ह्यान्ड राइटिङ ट्रेनिङ बागमती नगरपालिका ८ स्थित शंकरपुरमा रहेको नव जन जागरण माविमा मा.वि शंकरपुर र मा.वि  सोल्टी क्लस्टरको ट्रेनिङ हुने,महेन्द्र मा.वि.कर्मैयामा मा.वि.मिलनचोक र मा.वि.धरहरा क्लस्टरको ट्रेनिङ हुने बागमती नगरपालिकाको शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए । 
उनका अनुसार शिक्षकहरुलाई आफ्ना अक्षर सुधार गर्ने अभियान अन्र्तगत एक हप्ते ह्यान्ड राइटिङ ट्रेनिङ सुरु गरिएको हो ।शिक्षकको व्यक्तित्वबाट प्रभावित भएर विद्यार्थीहरुले धेरै कुरा सिक्न सक्ने भन्दै शिक्षक सुध्रिए विद्यार्थी आफैं सुध्रिने विस्वासका साथ एक हप्ते ह्यान्ड राइटिङ ट्रेनिङको आयोजना गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख उपाध्यायले बताए ।
एक हप्ते ह्यान्ड राइटिङ ट्रेनिङमा नेपाली र अंग्रेजी दुवै विधामा अक्षर कसरी सुधार गर्ने भन्ने अभ्यास गराइने नगर शिक्षा शाखाले जनाएको छ। अक्षरको बनोट तथा संरचना कसरी राम्रो बनाउने,कलम कसरी समाउने,साना बालबालिकाहरुलाई कसरी लेख्न सिकाउने, बालबालिकाहरुले कस्तो अवस्थामा अक्षर बिगार्छन लगायतका अति सामान्य तर अति आवश्यक विषयमा प्राथमिकता दिँदै शिक्षक,शिक्षीकाहरुलाई एक हप्ते ह्यान्ड राइटिङ ट्रेनिङ तालिम सुरु गरिएको हो ।
तालिम लिईसके पछि शिक्षक,शिक्षीकाहरुले सबै विद्यार्थीहरुलाई अक्षर सुधारसम्बन्धी आवश्यक तालिम सम्बन्धित विद्यालयमै आयोजना गर्ने प्रशिक्षक अभिषेक घिमिरेले बताए। हस्तलेखनको नियमित अभ्यासले बालबालिकाको मस्तिष्कमा मानसिक चन्चलतामा कमी ल्याई एकाग्रतामा समेत वृद्धि गराउने कुरामा प्रशिक्षक घिमिरेको विस्वास छ।
विद्यालयमा परीक्षा चल्दै गर्दा शिक्षक भने फुर्सदको समय मिलाएर हस्तलेखन सुधार अभियानमा जुटेका हुन्।परीक्षाको नतिजा सम्पन्न भए लगतैै कमजोर सिकाइ उपलब्धी भएका सबै विद्यार्थीहरुलाई लक्षित गरेर पठन सीप विकास तथा हस्तलेखन कार्यक्रम संचालन गर्ने नगरपालिका शिक्षा शाखाको लक्ष्या रहेको शाखा प्रमुख उपाध्यायले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech