Close This

करिब साँढे १० लाख सहित चार जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-२९ गते   १८१ पटक हेरिएको

सर्लाहीको गोडैता नगरपालिका १२ लक्ष्मीचोकबाट स्रोत नखुलेको करिबसाँढे १० लाख सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोडैता नगरपालिका १२ लक्ष्मीचोकमाा खटिएको प्रहरी टोलीले बरहथवाबाट भारत तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२५ च १७९४ नम्बरको कार चेकजाँच गर्ने क्रममा कार भित्रबाट स्रोत नखुलेको रु १० लाख ४५ हजार सहित चारजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेश राज सुवेदीले जानकारी दिए ।
उनका अनुसार बाग्मती प्रदेश ०१–०२५ च १७९४ नम्बरको कार चेकजाँच गर्ने क्रममा कार भित्रबाट स्रोत नखुलेको रु १० लाख ४५ हजार सहित काठमान्डौ बागेश्वरी मनोहरा नगरपालिका ८ का अन्दाजी बर्ष ३२ का पहलाद चापागाई, बागेश्वरी मनोहरा नगरपालिका २ बस्ने  अन्दाजी बर्ष २७ का  सनम बस्नेत, बागेश्वरी मनोहरा नगरपालिका ८ बस्ने अन्दाजी वर्ष ३६ का शिव चापागाई  र बागेश्वरी मनोहरा नगरपालिका ८ नै बस्ने अन्दाजी वर्ष ४८ का कृष्ण दहाललाई नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिएको रु १० लाख ४५ हजार, बाग्मती प्रदेश ०१–०२५ च १७९४ नम्बरको कार र चारै जनालाई प्रहरीको नियन्त्रणमा राखि आवश्यक अनुसन्धान सुरुगरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षकसुवेदीले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech