आँखा पाक्ने रोग फैलिन थालेपपछि लालबन्दी नगरपालिकाद्धारा घुम्ती स्वास्थ्य शिविर सुरु

631 Shares

सर्लाहीको लालबन्दी नगरपालिकाले आँखा पाक्ने रोग भयानक रुपमा फैलिन थालेपछि घुम्ती शिविर सञ्चालन गरेको छ । लालबन्दी नगरपालिकाका १७ वटै वडाहरुमा रहेका स्वास्थ्य संस्थाहरुले नगर स्वास्थ्य शाखामा उपलब्ध गराएको संख्याको आधारमा नगर भित्रका वडाहरुमा रहेका स्वास्थ्य संस्थाहरुमा आँखा पाक्ने रोगको उपचारका लागि घुम्ती स्वास्थ्य शिविर सञ्चालन सुरु गरिएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका सह संयोजक सुरेन्द्र प्रसाद खतिवडाले जानकारी दिए ।
उनका अनुसार आँखा पाक्ने रोग भयानक रुपमा फैलिन थालेपछि औषधी अभाव कै विच पनि नगरबासीको स्वास्थ्य समस्यालाई मध्य नजर गर्दैै घुम्ती स्वास्थ्य शिविर सञ्चालन सुरु गरिएको हो ।लालबन्दी नगरपालिका २ बाट सुरु भएको आँखा पाक्ने रोग सम्बन्धी स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरुको टोलीले नगर भित्रका सबै सरकारी स्वास्थ्य संस्थाहरुमा पुगेर वडाबासीहरुको आँखा पाक्ने रोगको समस्या समाधान गर्ने डा.रोशन चौधरीले जानकारी दिए । 
लालबन्दी नगरपालिका २ बाट साउन २१ गते देखि सुरु भएको शिविरमा पहिलो दिन ३ सय ६८ जना,दोस्रो दिन लालबन्दी नगरपालिका १ मा २ मा १ सय ९१ जना,तेस्रो दिन लालबन्दी नगरपालिका ३ मा २ सय ५२ जना र चौथो दिन लालबन्दी नगरपालिका ४ मा १ सय ७५ जना गरी हाल सम्म कुल ९ सय ८६ जना आँखा पाक्ने रोगका बिरामीहरुको उपचार गरिएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका सह संयोजक खतिवडाले बताए ।
साउन २१ गतेबाट सुरु भएको शिविरमा ४ दिन चल्दा ९ सय ८६ जना आँखा पाक्ने रोगका बिरामीहरु शिविरमा आएर सेवा लिएका छन् जसमा ९० प्रतिशत आँखा पाक्ने समस्याका बिरामीहरु र १० प्रतिशत अन्य समस्या भएका बिरामीहरु शिविरमा आएर सेवा लिएका डा.चौधरीले जानकारी दिए ।
उनका अनुसार साउन २३ गते लालबन्दी नगरपालिका ३,साउन २४ गते लालबन्दी नगरपालिका ४ मा,साउन २५ गते लालबन्दी ५ मा र साउन २६ गते शुक्रबार लालबन्दी नगरपालिका ६,७ र ९ का बिरामीहरुको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा जानकी आँखा अस्पतालका चिकित्सकहरुको उपस्थितिमा आँखा पाक्ने समसया देखा परेका बिरामीहरुको उपचार गरिने छ ।
शिविर सञ्चालन भएपनि औषधी अभाव रहेको र त्यसका लागि औषधीको व्यावस्थ गर्ने काम भई रहेको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । जसका लागि काठमाण्डौँका औषधी विक्रेताहरुसंगबाट औषधी ल्याउने प्रयास भई रहेको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखा संयोजक मुमताज मिक्रानीले जानकारी दिए ।उनका अनुसार सर्लाही सहित देशैभर अहिले आँखा पाक्ने रोग भयानक रुपमा फैलिएको छ । भने जताततै औषधीको अभाव देखिन थालेको छ ।

सम्बन्धित समाचार