पुर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको बागमती नगरपालिका ११ बाट रु ६२ लाख भन्दा बढीको सामान सहित कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ।पुर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको बागमती नगरपालिका ११ स्थित इलाका प्रहरी कार्यालय कर्मैयाको चेकजाँच टोलीले विराटनगरबाट नेपालगन्जतर्फ जाँदै गरेको अवस्थामा बिल बिजक भन्दा बढी समान लोड भएको बागमती प्रदेश ०३–००१ ख ०९४१ नम्वरको कन्टेनर चेकजाँच गर्दा शंका लागेपछि नियन्त्रणमा लिएर आवश्यक कार्बाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया,बारा पठाइएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार मोटर पार्टस्,जिरा,एसी र इलेक्ट्रोनिक समानहरु गरी कुल करिब रु ६२ लाख ३० हजार दुई सय ७० बराबरको सामान नियन्त्रणमा लिएको हो।पछिल्लो समय केही व्यापारीहरुले भन्सार तथा कर छली गर्ने र विल बिजक भन्दा बढी समानहरु ओसार पसार गर्ने गरेका पाइएपछि सर्लाही प्रहरीले चेक जाँचलाई कडाई गरेको छ ।