नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवस मनाईएको छ।नेकपा(एमाले) मरिण गाउँपालिका कमिटी सिन्धुलीले ४८ औँ पुष्पलाल स्मृति दिवस बनाएको एमाले मरिणका अध्यक्ष गोपाल बुढाथोकीले जानकारी दिए ।उनका अनुसार कार्यक्रममा पुष्पलालको राजनीतिक जीवन,वैचारिक योगदान र नेपाली कम्युनिस्ट आन्दोलनमा उनले खेलेको ऐतिहासिक भूमिका बारे चर्चा गरिएको थियो ।

एमाले सिन्धुली जिल्ला इन्चार्ज एवम निवर्तमान मन्त्री प्रदीप कटुवालको प्रमुख आतिथ्यतामा आयोजना गरिएको स्मृति दिवश कार्यक्रममा नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव पुष्पलालको जीवन,राजनीतिक संघर्ष,योगदान र विचारका सम्बन्धमा चर्चा गरिएको थियो ।

स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा मुलुकको समसामयिक राजनीतिक अवस्था, पार्टी संगठनको वर्तमान भूमिका तथा एमालेका आगामी कार्यदिशाका विषयमा पनि छलफल गरिएको एमाले बागमती प्रदेश समिति सदस्य प्रल्हाद पोखरेलले बताए।उनका अनुसार सहभागीहरूले पार्टीका नीति,विचार र कार्यक्रमलाई जनस्तरसम्म प्रभावकारी रूपमा पु¥याउन संगठनात्मक सक्रियता तथा वैचारिक स्पष्टता आवश्यक रहेको धारणा राखेका थिए ।

वक्ताहरूले पुष्पलाल स्मृति दिवसलाई केवल औपचारिक स्मरणका रूपमा सीमित नराखी उनले अघि सारेको राजनीतिक विचार,लोकतान्त्रिक मूल्य र सामाजिक रूपान्तरणको मान्यतालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । पुष्पलालको योगदानलाई नयाँ पुस्तासम्म पु¥याउनुका साथै पार्टी संगठनलाई जनमुखी,अनुशासित र सक्रिय बनाउँदै लैजानुपर्ने आवश्यकता पनि कार्यक्रममा औँल्याइएको थियो ।