सर्लाहीको हरिवन स्थित रहेको मालपोत कार्यालय हरिवनका नायव सुब्बा रमेश मग्रातीले सेवाग्राहीहरुसंग चर्काे कमिसन लिने गरेको रहस्य बाहिरिएको हो।पटक पटक मालपोत कार्यालय हरिवनमा आई आफ्नो जिम्दारी चलाएका नायव सुब्बा मग्रातीले मालपोत कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक दुःख दिएर चर्काे कमिसन असुल्ने गरेका पाइएको हो ।
केही दिन पहिला आफ्नो जग्गाको अंश बण्डाका लागि मालपोत कार्यालय हरिवन गएका हरिवन नगरपालिका ११ का स्थानीयको जग्गाधनी पुर्जामा र अन्य कागजातमा नाममा केही अक्षर नमिलेपछि मोठ भिडाउन गएका उनीहरुलाई रु एक लाख ५० हजार दिनेभए काम हुन्छ अनाथा काम हुँदैन् भनी फर्काएपछि नायव सुब्बा मग्रातीले जग्गाको मोठ भिडाउँदा पनि चर्काे कमिसन असुली गर्ने गरेका रहस्य बाहिरिएको हो ।
हरिवन नगरपालिका ११ का एक स्थानीयको नामको अक्षरमा केही नमिलेको र हरिवन नगरपालिकाले उक्त विषयमा सिफासि समेत दिएको भएपनि नायव सुब्बा मग्रातीले एक लाख ५० हजार मागेपछि त्यति ठूलो रकम कमिसन स्वरुप दिन नसक्ने भन्दै उनीहरु अंश बण्डा नगरी फर्किएका मालपोत कार्यालय हरिवनमा कार्यरत एक कर्मचारीले बताए ।ती कर्मचारीका अनुसार हरिवन नगरपालिका ११ बाट सिफारिस समेत लिएर अंश बण्डा गर्न सेवाग्राही मालपोत कार्यालय हरिवन गएका भएपनि उनीहरुसंग रु एक लाख ५० हजार माग गरेपछि अंश बण्डा नगरी उनीहरु फर्किएका हुन ।
हरिवन मालपोतमा खरदारमा काम गरी जिल्ला हुलाक कार्यालय मलंगवा गएका नायव सुब्बा मग्राती फेरी बढुवा भएर त्यही आएका हुन।उदयपुर घर भएका नायव सुब्बा मग्रातीले मालपोत कार्यालय हरिवनका प्रमुख मालपोत अधिकृत विष्णु प्रसाद सिटौलालाई समेत अटेर गर्ने र चर्काे कमिसन असुलीमा लागेका कर्मचारीहरु नै बनाउँछन् ।सामान्य कागजातको समस्यामा पनि चर्काे कमिसन असुलेर संकलन भएको रकम मालपोत कार्यालय हरिवनका नायव सुब्बा नवीन निरौला र देवीचरण न्यौपाने तथा कार्यालय प्रमुख मालपोत अधिकृत सिटौला सहित विभागमा समेत कमिसन पुर्याउने गरेका रहस्य समेत बाहिरिएको छ ।
मालपोत कार्यालय अगाडि रहेका २५/२६ वटा लेखापढी व्यवसायीहरुसंगबाट मासिक रु ३० देखि ५० हजारका दरले कमिसन असुली चलाई रहेको मालपोत कार्यालय हरिवनका नायव सुब्बा निरौला र न्यौपाने तथा कार्यालय प्रमुख मालपोत अधिकृत सिटौला सहित नायव सुब्बा मग्रातीको असुली चर्किएपछि सेवाग्राहीहरु मारमा परेका छन् ।