Close This

मधेशको लाईफलाईन हुलाकी सडक ४ वर्षमा १५ किलो मिटर निर्माण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-३ गते   २५३ पटक हेरिएको

 मधेशको लाईफलाईन मानिने हुलाकी सडक निर्माणमा ढिलाई हुँदा जनतालले सास्ती पाएका छन् । निर्माण व्यवसायीको हेलचक्राईले निर्माण कार्य अलपत्र परेको हो । सडक निर्माण जस्तो योजनामा ढिलासुस्ती हुँदा सर्लाहीका जनता निराश बनेका छन् । 
हुलाकी राजमार्ग अन्तर्गत सर्लाहीको सदरमुकाम मलंगवा देखि छिमेकी जिल्ला महोत्तरीसँग जोड्ने शितलपुर हर्दी खोला सम्मको सडक जिर्ण अवस्थामा रहेको छ । सडक निर्माणको काम पूरा नहुँदा यस सडक हुँदै यात्रा गर्ने सर्वसाधरण दुर्घटनाको जोखिममा पर्नुको साथै धुल्लामे हुने छन् । यात्रा कष्टकर बनेको छ । हेमडुण्ङ्ग एण्ड थोकर÷हिरा एण्ड नमिता जे.भि. कम्पनीले मलंगवा देखि छिमेकी जिल्ला महोत्तरीको सिमाना शितलपुर हर्दी खोलासम्मको १५ किलोमिटर  सडकको निर्माणकार्य  तीन वर्षमा सम्पन्न गरिसक्ने भनि ठेक्का  लिएको थियो । ठेकेदार कम्पनीले ठेक्का लिएको ४ वर्ष बितिसक्दा पनि  हाल सम्म २५ प्रतिशत काम समेत नभएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । भने विगत एक वर्ष देखि निर्माण कार्यमा खटिएका निर्माण व्यावसायीहरु काम नै छाडेर बेपत्ता भएका ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोद कुमार साहले बताउनु भयो ।
काममा हेलचक्राई गर्ने निर्माण व्यसायीमाथि स्थानीय प्रशासन तथा मातहतका निकायले निगरानी गरि रहेको भएपनि निर्माण व्यावसायी सम्पर्क बिहीन हुँदा निर्माण कार्यको वर्तमान अवस्था बुझन नपाएको इश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोज कुमार देवकोटाले बताउनु भयो । उक्त सडक सुख्खा याममा धुलाम्मे तथा सामान्य पानी पर्दा पैदल समेत हिडन नसक्ने गरि हिलाम्मे हुने गरेको छ । सर्लाही देखि छिमेकी जिल्ला महोतरीको सिमाना हर्दी खोलासम्मको सवारी दुरी करिव २० मिनेटको रहेको भएपनि सडकको निर्माण कार्य नहँुदा घण्टौँ लाग्ने गरेको छ ।  जिर्ण सडकका कारण दिनदिनै  सवारीसाधन विग्रेर आफुहरु हैरान भएको सवारी चालकहरुको  गुनासो छ ।
स्थानीय निकायले निर्माण कार्यको ठेक्का पाएको निर्माण कम्पनीको ध्यानाकर्षण गराएको भएपनि ठेकेदारको माथिल्लो तहमा सम्बन्ध रहेका कारण त्यसको कुनै सुनुवाई नभएको स्थापनिय जनप्रतिनिधिहरुको गुनासो छ । संघीय संसदमा पुगेका जनप्रतिनिधिहरुले यस सडकको स्तरोन्नतीका लागि ठेक्केदारलाई ध्यानाकर्षण गराउने लगायतको काम नगरेको स्थानीयको आरोप छ ।  बजेटको सुनिश्चिता हुँदाहुँदै पनि ठेकेदारले बदमासी गरिरहेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताउनु भयो । स्थानीय दश गाउँका बासिन्दाहरुका लागि किनमेल गर्ने  सबैभन्दा नजिकको बजार सदरमुकाम मलंगवासम्म पुग्ने मुख्य सडक खण्ड हुालकी सडह भएपनि निर्माण कार्य नहुँदा छिमेकी देश भारतका बजारमा जानु पर्नै बाध्यतामा यस क्षेत्रका नागरिकहरु भएका छन् । भारतबाट सर्लाही हुदै महोत्तरी पुग्ने मुख्य सडककोरुपमा रहेको हुलाकी सडकको अवस्था स्तरोउन्नती हुनुको सट्टा दिन प्रतिदिन जिर्ण अवस्थामा पुगेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech