वन डढेलो व्यवस्थापन सप्ताह सर्लाहीमा सुरु

220 Shares

“वन डढेलो नियन्त्रणमा प्रभावकारिताःतीनै तहका सरकार र समुदायको सहभागिता”भन्ने मुल नारा सहित वन डढेलो नियन्त्रण सप्ताह सर्लाहीमा सुरु भएको छ ।बुधबारदेखि वन डढेलो व्यवस्थापन सप्ताहको प्रारम्भ गरिएको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजनल वन अधिकृत सन्तोष कुमार झाले जानकारी दिए ।उनका अनुसार बुधबार पहिलो दिन लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गमा सचेतनामूलक ¥याली र समुदायको सहभागितामा वन डढेलो नियन्त्रण गर्ने तरिका समेत सिकाइएको हो ।
सर्लाहीमा रहेका छ वटा सव डिभिजन वन कार्यालयहरु मध्ये मलंगवा बाहेक अरु सव डिभिजन वन कार्यालयहरुका साथै सामुदायिक वनहरु,साझेदारी वनहरु र स्थानीयको सहभागीतामा वन डढेलो नियन्त्रण सप्ताह सुरु गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेसहित सुरक्षा अधिकारीहरुको समेत सहभागितामा सुरु भएको वन डढेलो नियन्त्रण सप्ताहमा सुक्खापन र हावाहुरी चल्ने मौसम सुरु भएसँगै वन डढेलोको याम सुरु भइसकेकाले सचेत रहन अनुरोध समेत गरिएको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ । कार्यालयका अनुसार घाँस पलाउने भन्दै स्थानीय चरुवाहरुले वनमा डढेलो लगाउँदा काठ, दाउरा,बोट विरुवा नष्ट हुने र वन्यजन्तु लगायत वनजन्य वस्तुको हानी नोक्सानी हुने क्रम बढ्दो छ ।

सम्बन्धित समाचार